खहरे उर्लिंदा यातायात ठप्प

खहरे उर्लिंदा यातायात ठप्प

बेसीसहर : शनिबारदेखि लगातार भएको वर्षाले खहरे खोलामा बाढी आउँदा सवारी आगमनमा समस्या भएको छ। सवारीले खोला तर्न नसकेपछि यात्रु अलपत्र परेका छन्। डुम्रे-बेसीसहर सडक खण्डमा पर्ने खहरे खोला बढ्दा सवारी आगमनमा समस्या भएको हो।

खोलामा बाढी आएपछि सवारी साधन बीच बाटोमै रोकिने गरेका छन्।रोकिएका सवारी साधन खोला घटेपछि गन्तव्यतर्फ हिँड्ने गरेका छन्। बेसीसहरदेखि लमजुङ र तनहुँको सिमाना पाउँदीसम्मको ठाउँठाउँमा सडक अवरुद्ध भएको छ। बेसीसहर-चामे सडक खण्डको बेसीसहर पुमा खोलामा पनि यात्रुले सास्ती भोग्नुपरेको छ।

केही चालकले सवारीलाई जबरजस्ती बाढीमा हाल्ने गरेको छन्।बाढीमा सवारी हाल्दा इन्जिन बिग्रने गरेको चालक बताउँछन्। खहरे खोलाहरु उर्लिंदा सदरमुकाम बेसीसहरदेखि तनहुँ डुम्रेसम्मको मुख्य सडक सधैं अवरुद्ध हुने गर्छ।

बाढी कम हुँदा ठूला सवारी वारपार गर्न सकेपनि साना सवारी खोला तर्न नसक्ने ट्राफिक प्रहरीले जनाएको छ। खहरे बढेपछि काठमाडौं, पोखरा, चितवनलगायत ठाउँबाट आएका सवारी साधन तथा यात्रु अलपत्र परेका छन्। पानी परेपछि सुन्दरबजार, दुराडाँडा, दुईपिप्ले, भोर्लेटारलगायत दक्षिणपश्चिम लमजुङ, तार्कुघाट, धमिलिकुवा, चक्रतीर्थ, चिती, नौथर शेरालगायत क्षेत्रमा सवारी साधन रोकिने गरेका छन्। खोलामा पूल नहुँदा बाढीले सधैंजसो सवारी साधन रोकिने गरेको चालक बताउँछन्।

बेसीसहरदेखि पाउँदीसम्म झण्डै १७ किलोमिटर रहेको छ। सडकमा एक दर्जन बढी साना ठूला खहरे खोला रहेका छन्। पानी पर्ने वित्तिकै ती खोलाहरु उर्लिने गरेका छन्। सडकको ठाउँठाउँमा पहिरो गइरहने भएकाले पनि सडक अवरुद्ध हुने गरेको सवारी चालकहरुले बताएका छन्। 'पानी पर्नासाथ खोलामा ढुंगा गडुल्किएर आउनेगर्छन् ।'  मोटरसाइकल चालक सुवास अधिकारी भन्छन्, 'पानी नघट्दासम्म सडकमै बस्नुपर्ने हुन्छ।'

बेसीसहरदेखि पाउँदीसम्म करिब १७ किलोमिटर सडक खण्डमा १६ वटा सानाठूला खहरे खोला छन् । सो सडकखण्डमा पर्ने भकुण्डेको खहरेखोला, रानीकुवा, भोटेओडारको जिमित्री खोला, गैरीको ठाडो खोला, उदीपुरको चिप्लेटीलगायत खहरे खोलामा आउने बाढीले सवारीसाधन आवतजावतमा धेरै समस्या हुँदै आएको छ। 'पानी परेको बेला बेसीसहरबाट पाउँदी पुग्नै धौधौ हुन्छ', माइक्रोबस चालक हरिराम धितालले भने, 'खोलामा कुरेर बस्नुबाहेक केही विकल्पै हुँदैन।' यस्ता खहरे खोला नियन्त्रणमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनले सुझाए।

सडक स्तरोन्नती र खहरेमा कल्भर्ट निर्माणका लागि वर्षौ सडक विभागले बजेट छुट्टाउने गरेको छ। तर, जिम्मेवारी लिएको निर्माण कम्पनीले राम्रो काम नगर्दा वर्षौदेखि समस्या ज्यूँकात्यूँ रहेको जिल्लाबासी बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.