एमालेसँग वाक्क भएर कांग्रेस नेताहरूले ओली सरकार फेर्न प्रस्ताव ल्याएका छन् : वर्षमान पुन

एमालेसँग वाक्क भएर कांग्रेस नेताहरूले ओली सरकार फेर्न प्रस्ताव ल्याएका छन् : वर्षमान पुन
फाइल तस्बिर
सुन्नुहोस्

रुकुम पूर्व : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपाली कांग्रेसले वर्तमान सरकारको विकल्प खोजिरहेको दाबी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग वाक्क भएर कांग्रेसले विकल्प खोजिरहेको उनको दाबी छ। 

रुकुम पूर्वको भूमेमा माओवादीको अधिवेशनको उद्‍घाटन गर्दै उनले वर्तमान सरकारप्रति जनतामा पनि घृणा बढ्दै गएकाले कांग्रेस नेताहरूले विकल्पमा छलफल गर्ने प्रस्ताव ल्याएको बताए। 

‘एमालेका नेताहरू आएर बीआरआई पनि भयो अब कम्युनिष्टहरू मिलौं भन्नेजस्तो कुरा गरेर कांग्रेस तर्साउन खोज्नुहुन्छ। कांग्रेसका नेताहरू आएर कतिन्जेल बोक्ने हो? एमालेको, ओलीजीका हप्तैपिच्छे एउटा-एउटा काण्ड आउँछ, हामी कति दिन बोक्ने हो? भन्नुहुन्छ। उहाँहरू विकल्पमा छलफल गरौं भन्न खोज्नुहुन्छ। हामी रहर गर्नुभएको छ बोक्नुस, भनिरहेका छौं,’ उनले भने, ‘तर हामी कांग्रेसको विकल्प एमाले र एमालेको विकल्प कांग्रेस भनेर पात्र फेर्ने र विचौलियाहरूको स्वार्थमा काम गर्ने सरकार बनाउन चाहँदैनौं,' उनले भने।

पूर्व अर्थमन्त्रीसमेत रहेका उपमहासचिव पुनले माओवादी आगामी २०८४ सालमा हुने चुनावसम्म सरकारमा नजाने बताए। ‘हामी अब सरकारमा जाने होइन। ०८४ सम्म जादैनौं भनेका छौं। सडक र सदनबाट जनताका मुद्दा उठाउँछौं। हामी समाजवादी गणतन्त्रको विकल्पसहित हामी सरकारमा भएका स्थानीय तहहरूमा काम गर्छौं। हिजो हामी क्रान्तिकारी शक्ति थियौं। कांग्रेस- एमालेसँग मिल्दा उनीहरूजस्तै हो कि भनेजस्तो देखियो। तर, होइन। हामी समाजवादी गणतन्त्रका लागि काम गर्छौं,’ उनले भने।

उनले सरकार आफैं कुहिएको, भत्किएको वा झरेको अवस्थामा रहेकाले समय आएपछि मात्रै सोच्ने बताए। श्रीलंका र बंगलादेशमा भएको राजनीतिक परिवर्तनबाट पाठ सिकेर माओवादी अघि बढिरहेको उनको भनाइ छ। ‘हाम्रा अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेको काम र विपक्षमा हुँदा जनताका एजेण्डा उठाएकै कारण जनताले उपनिर्वाचनमा हामीलाई शहरी क्षेत्रमासमेत धेरै मत दिनुभएको छ। सरकार र विपक्षमा बस्दा माओवादीले राम्रो काम गरेकैले जनमत बढ्दै गएको छ,’ उनले दाबी गरे।

देशमा अहिले पनि सरकारका कारण कुनै पनि बेला बंगलादेशको अवस्था आउने खतरा रहेको उनले टिप्पणी गरे। ‘सरकार एकपछि अर्को गलत काम गरिरहेको छ। त्रिभुवन विश्वविद्यालयमा मेरिटोक्रेसीविरुद्ध सरकारले हस्तक्षेप गरिरहेको छ। राम्रो काम गरिरहेको विद्युत प्राधिकरणमा हस्तक्षेप गर्नेजस्ता कामबाट जनता निरास छन्  त्यसैले हामी जनताका एजेन्डा बोक्दै जनतासँगै रहन्छौं,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.