बाढीले महोत्तरीको जंघा खोलाको पुल अवरुद्ध
बर्दिबास : औरही र गौशालाबीचमा पर्ने जंघा पुलको पूर्वी भाग जंघा खोलाको बाढीले कटान गर्दा यातायात अवरुद्ध भएको छ।वर्षा सुरु भएसँगै सोमबारको बाढीले पूर्वी किनार कटान गरेपछि औरही र गौशाला नगरपालिकाको सीमामा रहेको जंगाहा पुल उच्च जोखिममा परेको हो।
पुलको दाँया बाँया दुवैतिरको माटो बगाएपछि पुलको स्ल्याब भाँसिएर यातायाता आगवन बन्द भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले जनाए। पुलको एक नम्बर पिलर आसपासको माटोसमेत बगाएपछि जोखिम बढेको छ। १ सय ४९ मिटर लम्बाइको यो पुलले बर्दिवास-जलेश्वर सडक खण्डलाई सर्लाही सदरमुकाम मलंगवासँग जोडेको छ।