क्यान्सरपीडित सिलवाललाई स्पेनबाट सहयोग

क्यान्सरपीडित सिलवाललाई स्पेनबाट सहयोग

बेसीशहरः ब्लड क्यान्सरबाट पीडित उदीपुरका गौरव सिलवालको उपचारका लागि स्पेनमा रहेका प्रवासीहरुले सहयोग गरेका छन् ।

स्पेनमा रहेको नेपाली समाज पाइस भास्कोमा आवद्ध नेपालीले सिलवालको उपचारका लागि ५८ हजार २ सय ८३ रुपैयाँ पठाएका हुन् । बेसीशहर नगरपालिका–१ उदिपुरका १७ वर्षीय सिलवालको हाल काठमाण्डौस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । 

छोराको उपचारका लागि जुटाएको रकम सकिएपछि बेखर्ची अभिभावकले मिडियामार्फत् आर्थिक सहयोगको अपिल गरेपछि प्रवासीहरुले रकम उठाएर पठाएका हुन् । उक्त रकम अन्नपूर्णकर्मी नवीनराज कुइँकेलमार्फत् विरामीका बुबा मिलनबाबु सिलवालाई हस्तान्तरण गरिएको छ ।

स्पेन भास्कोमा बस्ने ३१ जनाले सहयोग रकम संकलन गरेका थिए । त्यहाँ रहेका चोगबा शेर्पा, रमेश पण्डित, कृष्ण सिग्देल, इन्द्रबहादुर गुरुङ, हिमालय रेष्टुरेष्ट, रघुनाथ विष्ट, तारादेवी पोख्रेल, प्रकाशबाबु त्रिपाठीले सहयोग गरेका हुन् । 

सहयोग गर्नेमा साहिला अलिमान्ता सियोन, गंगाराम सापकोटा, दयाराम भट्टराई, दीपेन्द्रप्रसाद आचार्य, ईश्वर बस्ताकोटी, सविन बस्नेत, रमिला चौलागाई र सुरेन्द्र पौडेल 
छन् ।

यस्तै श्वैजन अधिकारी, निर्मला पौडेल, अर्विन्दकुमार यादव, गगन भण्डारी, विश्सु खड्का, तिलक गुरुङ, तिलक खड्का, रमेश तामाङ, हरि गुरुङ, स्वागत सेढाई, दामोदर निरौला, महनारायण चौधरी, पूर्णप्रसाद राई, कृष्ण परियार र ऋषि आचार्यले सहयोग रकम जुटाएका थिए ।

सिलवालको उपचारमा समस्या भएकोबारे अन्नपूर्ण पोष्ट न्युज पोर्टल र अन्नपूर्णपोष्ट दैनिक पत्रिकामा समाचार आएपछि अन्नपूर्ण मिडिया नेट्वर्कका अध्यक्ष रामेश्वर थापाले एक लाख दश हजार रुपैयाँ नगद सहयोग गरेका थिए ।

गौरव सिग्मा कलेजमा १२ कक्षामा अध्ययनरत छन् । छोराको उपचारका लागि सुरुमा खर्च धान्न सकिएला भन्ने सोंच राखे पनि खर्च धान्न नसकेपछि सहयोगको अपिल गरिएको आमा सुशीलाले बताइन ।

निजामती कर्मचारी अस्पतालमा उपचाररत गौरवलाई तीन साइकल केमोथेरापी दिइसकिएको छ । ६ महिनासम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएपछि सिलवाल परिवारलाई खर्च धान्न धौ–धौ छ । हालसम्म करिब १२ लाख खर्च भएको परिवारले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.