‘कपडा बाँडेर बजेट पारित’

‘कपडा बाँडेर बजेट पारित’

जनकपुरधाम : आर्थिक अनियमितता लुकाउन धनुषाको जनकपुर उपमहानगरपालिकाका मेयरले जनप्रतिनिधिलाई प्रभावमा पारेर बजेट पारित गराएको आरोप लागेको छ । जनकपुरका मेयर लालकिशोर साहले जनप्रतिनिधिलाई प्रभावमा पारेर बजेट पारित गराएको आरोप वडाध्यक्षले लगाएका हुन् ।

अनियमिततालाई लिएर बजेट ल्याउन नदिने सम्भावना देखेपछि वडासदस्यलाई कपडासहित रकमसमेत बाँडिएको उनीहरूको दाबी छ । असार ९ गते उद्घाटन भएको उपमहानगरपालिकाको नगरसभामा २५ वडाका १ सय वडासदस्यलाई कपडा र रकम बाँडिएको जनकपुर–९ का वडाध्यक्ष परमेश्वर साहले बताए । महिला सदस्यलाई साडी र पुरुषलाई कुर्ता, पाइजामाका कपडासहित जनही ७ हजार रुपैयाँ बाँडेर बजेट पारित गराउन बहुमत जुटाइएको दाबी उनले गरे ।

विभिन्न वडाबाट बजेटको विरोध हुन सक्ने भएकाले मेयरले वडासदस्यलाई प्रभावमा पारेको एक वडाध्यक्षले बताए । कुल विकास बजेट ७० करोड मध्ये १२ करोड ७५ लाख मात्रै वडालाई र बाँकी रकम मेयर र उपमेयरले आफूमातहत खर्च गर्ने गरी विनियोजन गरेको वडाध्यक्षको आरोप छ ।

चालू बजेटमा जानकी मन्दिरको सौन्दर्यीकरण, फोहोर व्यवस्थापन, लामखुट्टे नियन्त्रण, मिथिला पेन्टिङ, वडा कार्यालयका लागि कम्प्युटर खरिद, सहिद स्मारक निर्माण, सडक बत्तीलगायत शीर्षकमा १ करोडभन्दा बढी रकम अनियमितता भएको दाबी उनीहरूले गरेका छन् ।

उपमेयर रीताकुमारी मि श्रले वडासदस्यलाई पोसाकका लागि निर्णय गरेरै कपडा उपलब्ध गराइएको बताइन् । ‘स्थानीय तहका जनप्रतिनिधिलाई औपचारिक पोसाक लगाउने व्यवस्था भएको हुनाले सोहीअनुरूप कपडा उपलब्ध गराइएको हो’, उनले भनिन् । उनले वडासदस्यलाई रकम बाँडेको भन्ने विषयमा आपत्ति जनाइन् । ‘कसैलाई पनि यसरी रकम उपलब्ध गराइएको मलाई जानकारी छैन’, उनले भनिन्, ‘कसैले यस्ता कुरा भनेछन् भने त्यो झुठो हो ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.