सामान्य अंकले बढ्यो सेयर बजार

सामान्य अंकले बढ्यो सेयर बजार

काठमाडौँ : लगातार ओरालो लाग्दै आएको सेयर बजार मंगलबार भने सामान्य बिन्दुले उकालो लागेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार सेयर बजार मापक परिसूचक नेप्से ०.६५ बिन्दुले बढेर एक हजार १८०.३६ बिन्दुमा पुगेको छ। 

'क' वर्गका कम्पनीको सेयर मापक परिसूचक सेन्सेटिभ परिसूचकसमेत ०.२२ बिन्दुले बढेर २४८.२५ बिन्दुमा पुगेको छ। आज कूल १६२ कम्पनीको नौ लाख १५ हजार १३६ कित्ता शेयर  २१ करोड ८१ लाख ९८ हजार ९९८ मूल्यमा खरिद बिक्री भएको छ। 

आइतबार र सोमबारको तुलनामा सेयर संख्या कारोबार रकममा समेत सामान्य वृद्धि भएको छ। नेप्सेका अनुसार चार उपसमूहको सेयर घटेको छ भने पाँच उपमूहको सेयर बढेको छ। 

बैंकिङ ३.५३, होटल ६.५३, फाइनान्स १.९८, उत्पादन १५.४४ र अन्य समूहको सेयर ०.७१ बिन्दुले बढेको छ।यस्तै विकास बैंक ०.१६, जलविद्युत् १६.४७, बीमा २८.६७ र माइक्रोफाइनान्स ९.५४ बिन्दुले घटेको छ। 

रिडी हाइड्रोको हकप्रद सेयर आउने 

रिडी हाइड्रोले एक बराबर एक कित्ता हकप्रद सेयर दिने भएको छ। कम्पनीले स्टकलाई आज दिएको जानकारीअनुसार ५० करोड १० लाख ५५ हजार १०० बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ। 

कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपश्चात् हकप्रद सेयर जारी गरिने भएको छ।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.