आजदेखि मौसममा सुधार आउने

आजदेखि मौसममा सुधार आउने

काठमाडौं : केही दिनदेखि सक्रिय मनसुनी प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दा बुधबारदेखि मौसममा सुधार आउने मौसमविद्को पूर्वानुमान छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले मंगलबारदेखि केही कमजोर भएको मनसुन मध्य र पूर्वी भूभागमा केन्द्रित हुँदा ठूलो वर्षा नहुने बताए। वर्षा गराउने मनसुनी न्यूनचापिय रेखा नेपालको तराई क्षेत्र र बिहारको उत्तर प्रदेशतर्फ रहेकाले अझै पनि वर्ष हुने सम्भावना रहे पनि भारी वर्षा बुधबारदेखि रोकिने मौसमविद् रिमालको भनाइ छ। मध्य र पूर्वी क्षेत्रका कतिपय भूभागमा वर्षा हुने रिमालको अनुमान छ।

बुधबारबाट देशैभरको मौसममा सुधार आउने छ। ‘मनुसुन सक्रिय भएकाले फाट्टफुट्ट वर्षा हुन सक्छ’, उनले भने, ‘बुधबारदेखि मौसममा सुधार आउँछ।’

जेठ २० मा मनसुन नेपाल भित्रिएको हो। त्यसयता असार १७ मा सबै भन्दा धेरै वर्षा भएको महाशाखाले जनाएको छ। दाङ, भैरहवा, दीपायल, नेपालगञ्ज क्षेत्रमा बढी वर्षा भएको थियो। मंगलबार १७ देखि ३० मिलिमिटरसम्म वर्षा भएको थियो। सबै भन्दा धेरै नेपालगन्जमा ३, सिमरा र विराटनगरमा २८ मिलिमिटर पानी परेको थियो।

सामान्य वर्षा नरोकिने र साना नदीमा पानीको बहाव बढेकाले नदी किनारामा बस्नेहरूलाई सजग रहन विभागले सतर्क गराएको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी शाखाले देशभरका प्रमुख नदीको बहाव बढ्ने जनाएको छ।

बाढी पूर्वानुमान शाखाले पूर्वी तराईका जिल्लामा नदीसँग जोडिएका बस्तीका बासिन्दालाई सर्तकता अपनाउन अपिल गरेको छ।

विभागले पाँचवटा ठूला नदीहरूको तीन दिने पूर्वसूचना जारी गर्दै जोखिम न्यूनिनकरणमा सतर्क हुन अपिल गरेको हो। विभागले गत वर्ष कर्णाली, नारायणी र यो वर्ष बागमती, पश्चिम राप्ती र कोसी नदीको बाढीको पूर्वनुमान गरी सूचना दिन सुरु गरेको हो। विभागले कन्काइलगायतका साना नदीको २४ घण्टे पूर्वनुमान सूचना दिएर सतर्कता अपनाउँदै आएको छ। बुधबारदेखि देशभरका प्राय नदीहरूमा पानीको बहाव घट्ने शाखाको पूर्वानुमान छ। मंगलबारसम्म बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या १४ पुगेको छ। पानीको बहाव बढेकाले महाकाली नदीमा चार पाङग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। नदीमा पानीको बहाव एकलाख ४४ हजार ८७० क्युसेक पुगेको छ। पूर्वी पहाडी क्षेत्रका नदीवेसी र तराई क्षेत्रको नदी तटीय क्षेत्रमा बाढीको खतरा छ भने पहाडी क्षेत्रको पहिरोग्रस्त क्षेत्रमा उच्च सर्तकता अपनाउन विभागले अपिल गरेको छ।

यता विभागले ठूला तथा साना नदीमा बाढीको मापन गर्न राखेको ६३ वटा स्टेशनले खतराको तहसम्म बाढी आएको देखाएको छैन तर सर्तकता अपनाउन भने सूचित गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.