नेकपाको बैठक बालुवाटारमा जारी : भातृसंगठन एकीकरणबारे छलफल चल्दै

नेकपाको बैठक बालुवाटारमा जारी : भातृसंगठन एकीकरणबारे छलफल चल्दै

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा जारी छ । बैठकमा पार्टीका प्रदेश, जिल्ला कमिटी र भ्रातृ संस्थाहरूको एकीकरणको बारेमा छलफल भइरहेको नेकपा नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । 

भातृसंगठन एकीकरणका लागि नेकपाले कार्यदल गठन गरी काम गरिरहेको छ । त्यस्तै बैठकमा समसामयिक राजनीतिलगायत विषयमा पनि  छलफल भइरहेको  श्रेष्ठले जानकारी दिए । 
पार्टी एकीकरणपछि सचिवालयको यो तेस्रो बैठक हो । बैठक बोलाउनुअघि मंगलबार दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलबीच बालुवाटारमै बैठकका एजेन्डालगायत विषयकेन्द्रित छलफल भएको थियो । 

सचिवालय बैठकमा पार्टीको विधान तथा नियमावली टुंगो लगाउन छलफल पनि हुनेछ । असार २ मा नेकपाको स्थायी समिति बैठक बसेको थियो । तीन महिनाभित्र पार्टीका तल्ला कमिटी तथा जनवर्गीय संगठनहरूको एकीकरण सक्ने योजना बनाए पनि दुवै अध्यक्ष यसबीच देश बाहिर रहेकाले आन्तरिक काम प्रभावित बनेको थियो ।

प्रधानमन्त्रीसमेत रहेका ओली उत्तरी छिमेकी चीनको भ्रमण र अर्का अध्यक्ष दाहाल पत्नी सीताको उपचारका लागि सिंगापुर गएपछि पार्टीका काम प्रभावित भएका थिए । ओली १० असारमा र दाहाल १७ असारमा मात्र स्वदेश फर्किएका थिए । पार्टीका महत्वपूर्ण निर्णय लिनुपर्दा वा बैठक बोलाउनु पर्दा दुई अध्यक्षको सहमति र निर्देशनका आधारमा महासचिवले बोलाउने विधानतः व्यवस्था छ ।

नेकपाको पार्टी विधान तथा नियमावलीमा स्थायी समिति सदस्यहरूले असार २ को बैठकमा सुझावसहित परिमार्जनको आवश्यकता औंल्याएपछि १२ असारसम्म लिखित सुझाव पेस गर्न महासचिव पौडेलले नेताहरूलाई पत्राचार गरेका थिए । नेकपाले विधान तथा नियमावलीको अन्तिम टुंगो लगाउन पनि बाँकी छ । विधान तथा नियमावली टुंगो नलाग्दा आन्तरिक एकताको काम प्रभावित हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.