काठमाडाै‌ंको फोहोरमा जापानको चिन्ता

काठमाडाै‌ंको फोहोरमा जापानको चिन्ता

काठमाडौं : फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवा ल्यान्डफिल साइट भरिएकाले तत्काल अन्य स्थानमा व्यवस्थापनको विकल्प खोज्नुपर्ने भन्दै नेपालका लागि जापानी राजदूत  मासामिची साइगोले चासो राखेका छन्। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग मंगलबार भएको भेटवार्तामा उनले काठमाडौं उपत्यकामा उत्सर्जन हुने फोहोर व्यवस्थापनमा चुनौती थपिएको र त्यसको तत्काल दिगो व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका हुन्।

ल्यान्डफिल क्षेत्र भरिएको र दोस्रो विकल्पमा रोजिएको बन्चरे डाँडाको संरचना निर्माणमा सरकारले चासो देखाएको छैन। तीन महिनापछि फोहोर राख्ने ठाउँको अभाव हुन्छ त्यसपछि स्थान अभावले काठमाडौं दुर्गन्धित हुनेछ। काठमाडौं महानगरपालिकाले व्यवस्थापन गर्दै आएको फोहोर ठूलो विषय भएकाले सरकारले यसलाई दिगो रूपमा व्यवस्थापन गर्नुपर्ने विषयमा छलफल भएको मन्त्रीका प्रेस सल्लाहकार दयानिधि भट्टले बताए। उक्त अवसरमा मन्त्री बस्नेतले महाअभियानलाई सफल बनाउन आग्रहसमेत गरेका थिए।


विकल्पमा रोजिएको बन्चरे डाँडामा संरचना निर्माण गर्न सरकारले चासो देखाएको छैन।

जापानले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र सरकारले घोषणा गरेको ‘नेपाल स्वच्छ वातावरण महाअभियान’ सफल बनाउन सहयोग गर्ने राजदूत ओगावाले आश्वासन दिए। चुरे क्षेत्रको संरक्षण, फोहोरमैला व्यवस्थापन र जलाधार संरक्षणका क्षेत्रमा समेत सहयोग गर्ने राजदूत ओगावाको भनाइ छ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा जापानमा आधुनिक प्रविधिबाट फोहोर व्यवस्थापन गरी इन्धन उत्पादनसमेत गरेको उदाहरणलाई नेपालमा प्रयोग गर्ने विषयमा समेत छलफल भएको थियो।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.