सालनालसहित मृत शिशु भेटिए
गाईघाट : उदयपुरको पूर्वी चौडण्डिगढी नगरपालिकाको द्वाराखोलामा बुधबार एक नवजात शिशुको शव फेला परेको छ। चौदण्डीगढी-६ स्थित बेल्टार बजार नजिकै बग्ने खोलाको पुलमुनी शिशुको शव भेटिएको इलाक प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक गंगा पौडेलले जानकारी दिए।
सालनाल काटिएको अवस्थामा शिशुको शव खोलाको पानीमा भेटिएको हो।अवैधरुपमा गर्भपतन गरेर फालिएको हुनसक्ने प्रनी पौडेलको भनाइ छ।शिशुबारे अनुसन्धान भइरहेको बताए।
उनकाअनुसार शिशुको सालनाल काट्दा प्रयोग गरिएको मेडिकल धागो नाभीमा भेटिएको छ। शिशुको शव बेल्टार प्राथमिक स्वास्थ्य केन्दमा राखिएको छ।