राष्ट्रिय लोकगायनमा रामकुमारले बाजी मारे
काठमाडौं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय लोक गायन प्रतियोगिता’मा रामकुमार नेपालीले बाजी मारेका छन् । प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै उनले एक लाख रुपैयाँ पुरस्कार हात पारेका छन् ।
जमलस्थित सांस्कृतिक संस्थानमा दुई दिनसम्म चलेको प्रतियोगितामा ४८ टिमबाट प्रथम, द्वितिय, तृतिय र सान्तवना पुरस्कार विजेता छानिएका हुन् ।
प्रतियोगितामा रेशम निर्दाेष द्वितीय, सुनिता बुढाक्षेत्री तृतिय र चेतन गोतामे सान्त्वना पुरस्का पाउन सफल भए । प्रतिस्पर्धामा द्वितियलाई ७५ हजार, तृतियलाई ५० हजार र सान्त्वना विजेतालाई २५ हजार रुपैयाँ पुरस्का प्रदान गरिएको थियो ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीको प्रमुख आतिथ्यता भएको प्रतियोगीतामा निर्णायक संंयोजक नारायण रायमाझी, निर्णायकहरुमा अमर बिरही गुरुङ्ग, दुर्गा रायमाझी, बमबहादुर कार्की, बिबि अनुरागी, रमेश बिजी र लोचन भट्टराई रहेका थिए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीको अध्यक्षतामा भएको हो ।