टोखालाई काठमाडौंको एक करोड

टोखालाई काठमाडौंको एक करोड

काठमाडौं : नगर-नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाले छिमेकी नगरपालिका टोखालाई बालमैत्री उद्यान निर्माण गर्न एक करोड रुपैयाँको दिएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले टोखा नगरका प्रमुख प्रकाश अधिकारीलाई बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एक करोडको चेक हस्तान्तरण गरेका हुन् ।

टोखा नगरको पूर्वाधार निर्माणअन्तर्गत बालमैत्री पार्क निर्माणका लागि प्रस्ताव प्राप्त भएपछि महानगरले आर्थिक वर्ष २०७४÷०७५ मा विनियोजन रकमबाट उक्त रकम उपलब्ध गराइएको हो । दुई नगरबीच सम्पन्न सम्झौताका आधारमा उक्त रकम टोखा नगरपालिका वडा नं. १ बौडेश्वर महादेव क्षेत्रको गुरुयोजनाभित्र समेटिएको बाल उद्यान निर्माणमा खर्च हुनेछ ।

तीन वर्षभित्र निर्माण गरिसक्नु पर्ने सम्झौता गरी रकम हस्तान्तरण गरिएको हो । टोखा नगरले यस क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न करिब २५ करोडको लागत अनुमान गरेर गुरुयोजना तयार पारेको छ । 

छाडा चौपाया व्यवस्थापनमा पनि सम्झौता

महानगरले सडकमा छोडिएका चौपाया तथा सामुदायिक कुकुर व्यवस्थापनमा जनचेतना अभिवृद्धि गर्न सदुगुरु सेवा कुटुम्ब मन्त्रादेवी मन्दिर त्रिपुरेश्वरसँग सम्झौता गरेको छ । महानगरका सहसचिव राजेश्वर ज्ञवाली र मन्दिरका तर्फबाट अध्यक्ष सुप्रभात बस्नेतले हस्ताक्षर गर्नुभएको सम्झौता एक बर्षका लागि छ ।

यस अवधिमा मन्दिर पक्षले सडकमा भेटिएका वेवारिसे गाई, गोरु, वाच्छा—बाच्छी, साँढे, कुकुरजस्ता चौपायाको उद्धार तथा औषधि उपचारसमेत गर्नुपर्नेछ । सम्झौताबमोजिम कामको थालनी वडा नं. २ लाजिम्पाट क्षेत्रबाट हुनेछ । यस क्रममा भेटिएका चौपायाको ट््यागिङ् गर्ने, कम्प्युटरकृत अभिलेख तयार पार्ने काम हुनेछ । यी सबै कामका लागि महानगरले १० लाख रुपैयाँ उपलब्ध गराउनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.