सप्तकोसी बढेपछि कोसी व्यारेजमा खतराको बत्ती

सप्तकोसी बढेपछि कोसी व्यारेजमा खतराको बत्ती

धरान : सप्तकोसी नदीमा पानीको बहाव बढेको छ। पूर्वी पाहाडि जिल्लामा हप्तादिनदेखि वर्षा भैरहेका कारण सप्तकासी नदीमा पानीको बहाव बढेको हो। सप्तकोसीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको छ। कोसीमा पानीको बहाव बढेपछि सप्तकोसी आसपासका क्षेत्रका स्थानीयको सुरक्षामा उच्च सर्तकता अपनाइएको छ।

सप्तकोसीमा बिहीबारदेखि पानीको बहाव ह्वात्तै बढेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नारायाणप्रसाद चिमोरियाले बताएका छन्। उनका अनुसार बिहीबार  दिउँसो १२:१५ बजे पानीको बहाव प्रतिसेकेण्ड १ लाख ५४ हजार ३ सय ९५  क्युसेक पुगेको छ।

सप्तकोसीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले यस क्षेत्रका बासिन्दाको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको उद्धार टोली तयारी अवस्थामा राखेको छ।

 सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेती, प्रहरी प्रमुख राजन अधिकारी, राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका प्रमुख नगेन्द्र दाहाल लगायतका सुरक्षा प्रमुखहरुको टोलीले सप्तकोसी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी सप्तकोसी प्रभावित  सुनसरीको बराहाक्षेत्रनगरपालीकाको महेन्द्रनगर, प्रकाशपुर, मधुवन र कोसी गाउँपालिकाको हरिपुर, भण्टावारी, श्रीपुरलगायतका क्षेत्रका स्थानीयलाई  सचेत हुन अनुरोध गरेको छ।

स्थानीय दुर्योधन घिमिरले सप्तकोसीमा पानीको बहाव बढ्दा समेत भारत सरकारले कोसी ब्यारेजका २४ ढाेका मात्र खुल्ला गरेको बताएका छन्। सबै ढोका नखोलिदिएका कारण कोसी आसपासका बासिन्दामा त्रास फैलिएको भन्दै सबै ढोका खोल्न आग्रह गरेका छन्।


 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.