श्रीमान्‍ा्ले गरे श्रीमतीको हत्या

श्रीमान्‍ा्ले गरे श्रीमतीको हत्या

टीकापुर : कैलालीको लम्की चुहा नगरपालिका वडा नं. ९ प्रतापपुरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। प्रतापपुरका ३५ वर्षीय इन्द्रबहादुर चौधरीले बुधबार राति मदिरा सेवन गरी ३२ वर्षीया श्रीमती गर्भी चौधरीको हत्या गरेका हुन्। 

बुधबार राति मदिरा सेवन गरी श्रीमतीसँग सामान्य विवाद हुँदा इन्द्रले कुटपिट गरेका थिए। इन्द्रले श्रीमती मृत अवस्थामा घर नजिकै फेला परेको स्थानीयलाई बताएपछि घटना सार्वजनिक भएको हो ।स्थानीयले घटनाबारे प्रहरीलाई खबर गरेका थिए।     

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बिहीबार साढे ९ बजे घटनाबारे जानकारी पाएको बताउँदै अनुसन्धानका लागि इन्द्रलाई नियन्त्रणमा लिएको बताए।     मृतक चौधरीको शरीरमा घाउ र चोटपटक लागेको छ।'मृत्यु शंकास्पद देखिएको छ', प्रहरी निरीक्षक जोशीले भने, 'मृतकको शरीरमा चोटपटक लागेको छ।'

 
प्रहरीले इन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। प्रहरी निरीक्षक जोशीका अनुसार प्रारम्भिक अनुसन्धानबाट इन्द्रले मदिरा सेवन गरेको र सामान्य विवाद भएको स्वीकारेका छन्।  स्थानीयका अनुसार श्रीमान श्रीमती बीच मदिरा सेवन पछि झगडा हुने गरेको थियो। 

मृतक चौधरीका दुई छोरा र दुई छोरी छन्। मृतक चौधरीको टीकापुर अस्पतालमा पोष्टमार्टम् गरिएको छ।  

     
     


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.