आमा आईसीयूमा, बुवाले गराए छोरीलाई स्तनपान !

आमा आईसीयूमा, बुवाले गराए छोरीलाई स्तनपान !

एजेन्सी: केही दिनयता सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ । एक बुवाले छोरीलाई स्तनपान गराइरहेको तस्बिरलाई लिएर धे‍रैले प्रशंसा गरेका छन् भने केहीले कडा आलोचना पनि । 

आलोचना र प्रशंसालाई पर्वाह नगरी अमेरिकाको एक राज्य विस्कोन्सिन निवासी एक युवा म्याक्समिलन आफ्नी छोरीको स्याहार गरिरहेका छन् । प्रसुतिका क्रममा उनकी पत्नी अप्रिलको स्वास्थ्यमा समस्या भएर नवजात छोरीलाई स्तनपान गराउन सकेकी थिइनन् । त्यही कारण यी युवाले आफ्नी छोरीलाई दूध खुवाउने जिम्मेवारी लिए । 

पहिलो पटक आमा बनेकी अप्रिलका अनुसार उनलाई पोलिसिस्टिक सिन्ड्रो भएको थियो । जसका कारण आफूलाई सन्तान हुने कुरा पनि विश्वास नभएको अप्रिलले बताएकी छन् । यस रोगले बिरामीमा हार्मोनको असन्तुलनबाट पिरियडमा धेरै अनियमितता आउँछ । 

जब उनी गर्भवती भएको थाहा भयो तब उने तुरुन्त बच्चा जन्माएपछि स्तनपान गराउने योजना पनि बनाइन् । तर स्वास्थ्यमा समस्या आएका कारण उनले यसो गर्न सकिनन् । उनलाई प्रसुतिपछि सीधै आईसीयूमा पठाइयो । 

त्यसपछिय अस्पतालकी नर्स साइबिल मार्टिन डेनहेले पितालाई नवजात शिशुसँग 'स्किन टु स्किन' कन्ट्याक्टका लागि सोधिन् । 

म्याक्समिलनले फेसबुक पोस्टमा लेखेका छन्, 'मेरी पत्नीलाई केही समस्या भएको थियो । त्यहीकारण उनी आईसीयूमा गइन् । तर सुपर नर्सले मलाई खतरनाक अफर दिइन् र म भाग्यशाली सावित भएँ । मैले नक्कली निपलबाट आफ्नो नवजात शिशुलाई स्तनपान गराएँ ।' 

नर्सका अनुसार जब उनले पिताहरुलाई स्तनपानका लागि आग्रह गर्छिन् तब अधिकांश पुरुषहरु संशय र हैरानी भएको भाव देखाउँछन् । तर म्याक्समिलनको प्रतिक्रिया उत्सुकता र सकारात्मकताले भरिएको थियो । 

भिडियो

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.