न्याय सेवाको जागिरमा अरुचि, न्यायाधीशकै संकट पर्न सक्ने

न्याय सेवाको जागिरमा अरुचि, न्यायाधीशकै संकट पर्न सक्ने

काठमाडौं : अन्य सेवाको तुलनामा वृत्ति विकासको अवसर र सम्भावना कम भएपछि न्याय सेवाअन्तर्गत अदालततर्फको न्याय समूहमा दरखास्त दिनेको संख्या बर्सेनि घट्दै गएको छ । न्याय सेवा प्रवेशमा यसरी अरुचि हुँदा न्यायाधीश उत्पादनमा समेत धक्का पुग्ने देखिएको छ ।

न्याय सेवा आयोगको पाँच वर्षको तथ्यांकले न्यायाधीश र मुख्य रजिस्ट्रार (मुख्य सचिवसरह) सम्मको खुट्किलो मानिने अधिकृत तहकै सेवामा गम्भीर विकर्षण देखाएको हो । पाँच वर्षमा न्याय सेवाको राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) मा खुलातर्फको पदपूर्तिको स्थिति भयावह देखाएको छ । कुनै वर्ष मागको अनुपातमा आधा पनि दरखास्त परेका छैनन् । जब कि निजामती सेवाका प्रशासनलगायत अन्य सेवामा सय अधिकृतको माग हुँदा १० हजारभन्दा आवेदन पर्ने गर्छ ।

आव २०७३÷७४ मा न्याय सेवाको अधिकृतमा पदपूर्तिका लागि आयोगले एक सय २९ जनाको माग गर्दा एक सय ३१ ले मात्र दरखास्त दिए । यसरी दरखास्त दिएकामध्ये केवल ८० जना मात्र उत्तीर्ण भए । मागको अनुपातमा दरखास्त नपर्दा यो वर्ष ४९ जना अधिकृतको पदपूर्ति नै रोकियो । आव २०७२÷७३ को पदपूर्तिको तथ्यांक योभन्दा झन् अचम्मलाग्दो छ । यस वर्ष एक सय ४१ जना अधिकृत माग भएकोमा ८७ जनाले मात्र परीक्षाका लागि फारम बुझाए । मागको अनुपातमा करिब एकतिहाई अर्थात् ४८ जनाको पदपूर्ति भयो । यसअघि २०७१÷७२ मा पनि एक सय ३३ जना अधिकृत माग गरिएकोमा ६९ जनाले मात्र दरखास्त दिए । यो वर्ष पनि न्यून मात्रामा ४७ को मात्र पदपूर्ति सम्भव भयो ।

आव २०७०÷७१ को अवस्था पनि उस्तै थियो । एक सय ६ जना माग हुँदा जम्मा ८७ जना परीक्षामा सामेल भए । त्यसअघि २०६९÷७० मा भने ३९ अधिकृत माग हुँदा मुस्किलले एक सय २१ जनाले फारम भरेर जाँच दिए । तर मागभन्दा चार जना कम ३६ मात्र उत्तीर्ण भए । अहिले पनि अदालततर्फ न्यायसेवामा अधिकृत (राप तृतीय) पदका लागि ५७ जनाको पदपूर्ति हुन सकेको छैन ।

लामो समयदेखि उपसचिवमा १३ दरबन्दी र सहसचिवमा एक पदपूर्ति हुन सकेको छैन । सुब्बामा पनि ५३ पद रिक्त छ भने खरिदार, डिठ्ठा र तामेलदारमा एक हजार एक सय ६ पद रिक्त छ । कामै ठप्प हुने अवस्था उत्पन्न भएकाले तल्लो तहमा केही जनशक्ति करारमा भर्ना गरिएको छ । ‘वृत्ति विकासको अवसर र न्यायाधीश तथा न्याय सेवाका कर्मचारीको सेवासुविधामा रहेको भास पनि आकर्षण कम हुने एउटा कारण हो । अर्को न्याय सेवाको आकर्षणका रूपमा रहेको न्यायाधीशमा नियुक्ति सेवाभन्दा बाहिरबाट सहज र छिटो हुने अवस्था छ’, न्याय परिषद् र न्याय सेवा आयोगका सचिव नृपध्वज निरौला भन्छन्, ‘वृत्ति विकासको क्षेत्र साँघुरो भयो । उच्चशिक्षा अध्ययन, वैदेशिक तालिम भ्रमणलगायत अवसरको न्यायोचित बाँडफाँटमा पनि समस्या छ ।’

नयाँ संविधानले तोकेको जिल्ला अदालतको न्यायाधीशमा न्याय सेवाका अधिकृतबाट ज्येष्ठताका आधारमा २० प्रतिशत मात्र नियुक्ति हुनु, न्याय सेवा प्रवेश र जिल्ला न्यायाधीशमा दोहोरो परीक्षा प्रणाली, माथिल्ला अदालतमा बहालवाला न्यायाधीशभन्दा बाहिरबाट प्रवेश बढ्दै जानु, न्याय सेवका माथिल्ला पद खुम्चनु र तल्ला पद मात्र विस्तार हुँदै जानु, अन्य सेवाभन्दा अदालती सेवामा कार्यबोझ बढी हुनुको प्रोत्साहन र सुविधामा कमी विकर्षण हुनाका थप कारण निरौलाले दर्साए ।

सरकारी वकिल र कानुनमा पनि संकटयता न्याय सेवाभित्रकै कानुन र सरकारी वकिल समूहमा पनि आकर्षण घट्दो छ । कानुन समूहमा लामो समयदेखि सुब्बा १३, अधिकृत ३०, उपसचिव एक र सहसचिव एक पद रिक्त छ । तल्लो तहमा पनि ६ सिट पूर्ति हुन सकेको छैन । सरकारी वकिल समूहमा पनि अधिकृत ४०, उपसचिव १३, सहसचिव चार, सुब्बा २७ र खरिदारमा २१ पदपूर्ति हुन सकेको छैन । यसरी न्याय सेवाअन्तर्गतका तीनवटै समूहमा सयौंको संख्यामा पदपूर्ति रोकिएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.