बस दुर्घटनामा १७ घाइते
धनकुटा : धनकुटा–हिले सडक खण्ड अन्र्तगत रमाइलो घुम्ती माथि शुक्रबार बिहान माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
हिलेबाट धरानतर्फ जाँदै गरेको को १ ख २८४७ नम्वरको माइक्रो बस शुक्रबार बिहान करिब पौने ९ बजेतिर धनकुटा सदरमुकामस्थित रमाइलो घुम्तीमा दुर्घटना हुँदा १७ घाइते भएको जिल्ला ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।
माइक्रोबसमा सवार यात्रु मध्ये १५ जना सामान्य घाइते छन् । उनीहरुको धनकुटा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते रहेका सहचालक सुरज तामाङ र यात्रु कमला भुजेललाई थप उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
माइक्रोबस ब्रेक फेल भइ दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरी प्रमुख खड्काले बताए ।