डा. केसीको समर्थनमा चितवनका चिकित्सकको प्रर्दशन

डा. केसीको समर्थनमा चितवनका चिकित्सकको प्रर्दशन

भरतपुर : शिक्षा अध्यादेश पुरानै स्वरुपमा क्षेत्रको सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीको समर्थनमा चितवनका चिकित्सकले प्रर्दशन गरेका छन्। नेपाल चिकित्सक संघ चितवनको आयोजनामा भरतपुर अस्पताल परिसरमा चिकित्सले प्रर्दशन गरेका हुन्।

चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको टोलीले डा. केसीको स्वास्थ्य सुरक्षाको कामनासहित मानव साङ्गलो बनाएका थिए। केसीको माग पुरा गाउन दबाबस्वरुप कार्यक्रम गरिएको संघका सचिव डा. भोजराज अधिकारीले बताए। 

बिहान १० बजे अस्पताल परिसरमा भेला भएर आन्दोलन थालेका हुन्। चिकित्सक संघको केन्द्रीय कार्यक्रम तय भएअनुसार आन्दोलन गर्ने भन्दै जिल्लामा दिनहुँ प्रदर्शन गर्ने जिल्ला अध्यक्ष डा. प्रकाश खतिवडाले बताए।

चिकित्सा क्षेत्रमा भएका विकृति अन्त्यको माग समेत गरेका छन्। संघका केन्द्रीय सदस्य डा. कृष्ण पौडेलले डा. केसीमाथि सरकारले अन्याय गरेको भन्दै माग पूरा गरेर चिकित्सा क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन आग्रह गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.