अपडेटः मुस्ताङमा टिपर दुर्घटना, मृतकको संख्या १५ पुग्यो
काठमाडौं : मुस्ताङको स्याङ्बोचेमा टिपर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार मृतकको संख्या १५ पुगेको हो । घटनास्थल नजिकै रहेको घनी प्रहरी चौकीबाट घटनास्थलमा प्रहरी पुगिसकेको छ ।
घाइतेको उद्धारका लागि एयर डाइनेस्टीको एमआई १७ हेलिकोप्टर घटनास्थलमा पुगेको छ । दर्जन बढी घाइतेलाई जोमसाोम हुँदै पोखरा ल्याउने तयारी भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी महेन्द्र खड्काका अनुसार बा २ ख २२ १९ नम्बरको टिपर सडकबाट करिब ५० मिटर तल खसेको छ । दुर्घटनामा कालिगण्डकी सडकमा काम गर्ने मजदुरको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस !
८