मुस्ताङमा टिपर दुर्घटनाः हेलिकोप्टर कुर्दाकुर्दै पाँच घाइतेको ज्यान गयो

मुस्ताङमा टिपर दुर्घटनाः हेलिकोप्टर कुर्दाकुर्दै पाँच घाइतेको ज्यान गयो

काठमाडौँः माथिल्लो मुस्ताङको स्याङ्बोचेमा शुक्रबार दिउँसो भएको टिप्पर दुर्घटनामा कम्तिमा १६ जनाको ज्यान गएको छ । घटनास्थलमा रहेका स्थानीय होटल व्यवसायी जड्याङ तेन्जिङ गुरुङका अनुसार दिउँसो पौने १ बजे भएको यो दुर्घटनामा हेलिकोप्टर कुर्दाकुर्दै ५ मजदुरले ज्यान गुमाएका छन् । 

चीनसँगको कोरला नाका जोड्ने कालिगण्डकी कोरिडोरमा काम गर्ने मजदुरहरु खाना खाएर निर्माणस्थलमा जाने क्रममा नयाँबाटोबाट खसेको टिप्पर पुरानो बाटो भन्दा मुनि झरेर दुघर्घटना भएको हो । घटनास्थलमा उद्धारमा सक्रिय गुरुङका अनुसार ११ जना मजदुरको तत्कालै ज्यान गएको हो भने बाँकी पाँचजनाले उपचार अभावमा ज्यान गुमाएका हुन् । 

‘दुर्घटनामा ११ जनाको तत्कालै ज्यान गयो, पल्टेको टिप्परले किचेपछि धेरै मजदुरले ज्यान गुमाए’, गुरुङले अन्नपूर्णसँग भने, ‘अन्य पाँचजनाले भने उपचार अभावमा ज्यान गुमाउनुपर्यो‍ ।’ दुर्घटना लगत्तै हेलिकोप्टर आउने खबर सुनेपनि अहिलेसम्म  (अपरान्ह ४ बजे) प्रहरीसहितका अन्य उद्धारकर्मी घटनास्थलमा पुग्न सकेका छैनन् । 

‘उपचार अभावमै धेरैजनाले ज्यान गुमाए, हामीले हेलिकोप्टर कुरेको तीन घण्टा बितिसक्यो, अहिलेसम्म अत्तोपत्तो छैन’, उनले भने, ‘भर्खर कालिका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी आएर उपचार थालेका छन्, अन्य घाइतेहरुको अवस्था पनि जटिल छ।’

गुरुङका अनुसार यो दुर्घटनामा रुकुम, रोल्पा र बागलुङतिरका मजदुरहरु परेका छन् । कोरला नाका जोड्ने यो सडक निर्माणको जिम्मा बिरुवा कन्ट्रक्सनले लिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.