सरकारका १०० दिनः ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनमा ८९ हजार १९४ दशमलव ४४ मेट्रिकटन रासायनिक मल बिक्रीवितरण गरेको छ।
सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सो अवधिमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सो परिमाणको रासायनिक मल अनुदानमा बिक्री वितरण गरिएको बताए।
सरकारले रासायनिक मल वितरक कम्पनीहरूलाई प्रदान गरिने रकम निकासालाई व्यवस्थित, वस्तुपरक र व्यावहारिक गराउन अनुदानको मल वितरण व्यवस्थापन (दोस्रो संशोधन कार्यविधि),२०८३ समेत जारी गरेको छ।
प्रतिक्रिया दिनुहोस !