तिव्वती नागरिकलाई गोरखाबाट नागरिकता दिएकोबारे सदनमा उठ्यो प्रश्न

तिव्वती नागरिकलाई गोरखाबाट नागरिकता दिएकोबारे सदनमा उठ्यो प्रश्न
सांसद सम्झना देवकोटा
सुन्नुहोस्

गोरखा : तिव्वती नागरिकलाई जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिएको विषयमा सदनमा चर्चा चलेको छ । राष्ट्रिय सभाकी सांसद सम्झना देवकोटाले झुठो विवरण पेश गरी तिव्वती नागरिकले नेपाली नागरिकता लिएको विषयमा छानविन गर्न माग गरेकी हुन् ।

’गोरखाको साविक प्रोक गाविस ८ हालको चुमनुब्री गाउँपालिका–४ नाम्रुङबाट तिव्वती नागरिक लोरसाङ तेञ्जिन लामाले स्थानीय तेम्वा छिरिङ लामाको छोरा हुँ भनी झुठो विवरण पेश गरी जिल्ला प्रशासन कार्याल गोरखायबाट २०५८ चैत १४ गते नागरिकता लिएको जानकारी आएको आएको छ ।

८८२३१ नम्बरको त्यही नागरिकता प्रयोग गरी राहदानी बनाई विदेश जाने आउने गरेको पनि पाइएको छ’, गृहमन्त्री समेत सहभागी भएको सो सदनको शून्य समयमा बोल्दै सांसद देवकोटाले भनिन्, ‘यस विषयमा अनुसन्धान र छानविन गरी आवश्यक कारबाही गर्न म जोडदार माग गर्दछु । साथै सोही गाउँको नाम्ला लगायतका गुम्बाबाट बहुमूल्य वुद्धमूर्ति, माला तथा गहनाहरु चोरी तिव्वत पुर्‍याइएको छ । त्यो पनि तत्काल फिर्ता गरी साविक गुम्बाहरुमै राख्न माग गर्दछु ।’ राष्ट्रिय सभामा उपस्थित भएका गृहमन्त्री सुदन गुरुङले घटनाको सत्यतथ्य छानविन गर्न लगाउने प्रतिवद्धता व्यक्त गरेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.