किसानको गोलभेँडामा व्यापारीको रजाइँ, ६ रुपैयाँ मा किनेर ४० मा बेच्छन्

किसानको गोलभेँडामा व्यापारीको रजाइँ, ६ रुपैयाँ मा किनेर ४० मा बेच्छन्

बनियानी, झापा: गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । व्यापारीले किसानबाट खरिद गरेको गोलभेँडाको मनपरी मूल्य लिइरहेका छन् । किसानको खेतबाट प्रतिकिलो ६ रुपैयाँमा खरिद गरेको गोलभेँडा व्यापारीले ४० रुपैयाँ मा बिक्री गरिरहेका छन् । 

बिर्तामोडस्थित कृषि उपज थोक बजार केन्द्रमा भेटिएका पाँचथरको अमरपुरका नवराज उप्रेतीले खेतबाट प्रतिकिलो ६ देखि ८ रुपैयाँसम्ममा गोलभेँडा बिक्री गरेको बताए । 'यसपाली गोलभेँडा पर्याप्त उत्पादन भएको छ, उचित मूल्य पाइएको छैन', उनले गुनासो गरे । उप्रेतीका अुनसार व्यापारीले विभिन्न बहाना बनाएर किसानलाई उचित मूल्य दिन मान्दैनन् । 

तरकारी व्यापारी रामभुषण शाह प्रतिकिलो गोलभेँडा ४० मा बिक्री गरिरहेको बताउँछन् । उनले खुद्रा व्यापारीलाई १५ देखि १८ सम्ममा प्रतिकिलो गोलभेँडा बिक्री गरिरहेको बताए ।

तरकारी खरिद गर्न आभएकी विर्तामो-३ की चन्द्रकला आचार्य व्यापारीले भनेकै मूल्यमा किन्नुपर्ने बाध्यता भएको बताउँछिन् । 'मूल्य सूची छैन, एउटा पसमा गयो, एउटा मूल्य हुन्छ अर्कोमा गयो अर्कै', उनले भनिन्, 'एउटै तरकारीको पसलैपिच्छे फकर फरक मूल्य छ ।' 

जिल्लाका अधिकांश बजारमा यस्तै समस्या छ । व्यापारीले आफूखुशी मूल्य निर्धारण गरेर उपभोक्ताको ढाड सेक्ने काम गरिरहेका छन् । किसानले लगानीको प्रतिफल पाउन सकेका छैनन् । कृषिथोक केन्द्रमा तरकारीको मूल्य निर्धारण गर्ने दरिलो निकाय नहुँदा व्यवसायीले आफै मनलाग्दी मूल्य निर्धारण गरिरहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.