उपचार नपाउँदा सुत्केरीको ज्यान गयो

उपचार नपाउँदा सुत्केरीको ज्यान गयो

विदुर : नुवाकोटको पूर्वीभेगमा रहेको दुर्गम बेतिनीमा उपचार अभावमा एक सुत्केरीको ज्यान गएको छ । सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पूर्वमा रहेको दुप्चेश्वर गाउँपालिका–४ बेतिनी हिलेकी २४ वर्षीया सुत्केरी विमला तामाङको उपचार अभावमा बिहीबार साँझ मृत्यु भएको दुप्चेश्वर गापा अध्यक्ष योविन्द्रसिंह तामाङले शुक्रबार जानकारी दिए ।

बुधबार घरमा छोरा जन्माएकी विमलालाई उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमा ज्यान गएको अध्यक्ष तामाङले बताए । स्थानीय भने उपचार नगरी धामीझाँक्रीको भर परेर स्वास्थ्य संस्थामा नलैजाँदा उनको अकालमै ज्यान गएको बताउँछन् ।

सुत्केरी भएपछि धेरै रक्तस्राव भएको, साल अड्किएको र उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा मृत्यु भएको अध्यक्ष तामाङले जानकारी दिए । बुधबार दिउँसो सुत्केरी भएकी विमला तामाङको साल नझरेपछि स्वास्थ्य संस्थामा नलगी धाँमी झाँक्री लगाएका थिए ।

धामी झाँक्री लगाउँदा पनि साल नझरेपछि राति स्वास्थ्य संस्था लैजाने क्रममा मृत्यु भएको स्थानीय बताउँछन् । स्थानीय स्वास्थ्यचौकीमा नियमित गर्भ परीक्षण गर्न विमला नआएको र मृत्यु भएपछि मात्र घटनाको जानकारी पाएको स्थानीय स्वास्थ्यचौकीले जनाएको छ ।

घरमै बच्चा जन्मिएपछि साल नझरेकाले धेरै रक्तस्राव भएका कारण मृत्यु भएको हो । बेलैमा स्वास्थ्य संस्थामा पु¥याएको भए सुत्केरीको ज्यान बचाउन सकिने सम्भावना निकै रहेकोमा उपचार अभावमा ज्यान गएको स्थानीयले बताए ।

उच्च रक्तस्रावका कारण आमाको मृत्यु भए पनि नवजात बालक भने सकुशल रहेको छिमेकी ज्ञानबहादुर तामाङले बताए । अशिक्षा र अज्ञानताले यस्तो हुन पुगेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.