काठमाडौंबाट चिनियाँ नागरिक अपहरण, ४ भारतीय पक्राउ

काठमाडौंबाट चिनियाँ नागरिक अपहरण, ४ भारतीय पक्राउ

काठमाडौं : काठमाडौंबाट चिनियाँ नागरिक अपहरण गर्ने ४ जना भारतीय पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चिनियाँ नागरिलाई MH16DG 4904 नम्बरको भारतीय गाडीमा हालेर लैजाने चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

उनका अनुसार भारतको महाराष्ट्र राज्य सतरा जिल्लाका ३२ वर्षीय आशुतोष दत्तात्रेय, सतरा जिल्ला अहमदनगरका ३० वर्षीय अमोल करमाटे, ४० वर्षीय अफसर सेख र ३३ वर्षीय अमोल श्रीसतलाई भीमभेदीबाट पक्राउ गरिएको हो।

मंगलबार ठमेलबाट चिनियाँ नागरिकलाई ३:३० अपहरण गरिएको भन्दै खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो। ३५ जनाको टोलीले हेटौंडा भिमफेदी कुलेखानी काठमाडौं सडकखण्डमा चेकजाँच तथा खोजतलास गर्दै जाने क्रममा मकवानपुर भिमफेदी गाउँपालिका-६ जुरीखेतमा गाडी प्रहरी टोलीलाई देखेपछि मेन बाटोबाट भित्रि बाटोतर्फ भाग्ने क्रममा केही टाढा उनीहरुले गाडी रोकेका थिए। गाडीबाट झरेर उनीहरुले चिनियाँ नागरिकलाई जबरजस्ती निकालेर लिएर जंगलतर्फ भागेपछि भारतीय नागरिक पक्राउ गरी इ.प्र.का. भिमफेदीमा ल्याइएको र थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक अर्याल जानकारी दिए।

प्रहरीका अनुसार प्रहरीले चिनियाँ नागरिक पनि सम्पर्कमा आएका छन्। उनलाई फर्पिङबाट उद्धार गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.