धवल शम्सेरसहित १८३ नेताले छाडे राप्रपा (सूचीसहित)

धवल शम्सेरसहित १८३ नेताले छाडे राप्रपा (सूचीसहित)
फाइल फोटो
सुन्नुहोस्

काठमाडौं : महामन्त्री डा. धवलशम्सेर राणासहित १८३ जनाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) त्यागेका छन् । काठमाडौँमा बिहीबार एक कार्यक्रम गर्दै उनीहरूले सामुहिक रुपमा राप्रपा त्यागेको घोषणा गरेका हुन् । पहिलो चरणमा डा. राणासहित उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केवशराज श्रेष्ठ, कार्य सम्पादन समितिका सदस्य नारायणप्रसाद कोइरालाले राप्रपा छोडेको घोषणा गरेका छन् । 

बिहीबार काठमाडौँमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला नेतृत्व, जनवर्गीय संगठनका पदाधिकारीलगायतले राप्रपा त्यागेका हुन् । अर्को चरणमा थप नेताले पार्टी छाड्ने बताइएको छ । डा. राणा नयाँ पार्टी गठनको तयारीमा जुटेका छन् । आज राप्रपा छोडेका नेताहरू डा. राणाको नेतृत्वमा नयाँ पार्टीमा जाने भएका छन् । 

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको हिनभाव, कमजोरी एवं आत्मकेन्द्रीत शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूको आरोप रहेको छ । जनता केन्द्रित राजनीति राप्रपाको प्राथमिकता हुने भनिए पनि त्यस अनुसार पार्टी सञ्चालन नभएको उनीहरूको भनाइ छ । केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई पार्टीको मूल नेतृत्व ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने प्रचण्ड सरकारको न्यूनतम साझा कार्यक्रमको साझेदार बनेकोप्रति आपत्ति जनाइएको छ ।


nullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.