कलेज बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
काठमाडौं : कलेज बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। चितवनको भरतपुर महानगरपालिका-१६ विजयनगर चोकमा अक्सफोर्ड कलेजको को ना १ क ७४९४ नम्बरको बसले ठक्कर दिँदा भरतपुरकै ५५ वर्षीय शुकराम चौधरीको मृत्यु भएको हो।
बिहीबार अपराह्न सवा ४ बजे साइकलयात्रीलाई ठक्कर दिएको थियो। बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस !