१० वर्षीया बालिका बलात्कृत, ३० वर्षीय युवक पक्राउ

१० वर्षीया बालिका बलात्कृत, ३० वर्षीय युवक पक्राउ
सुन्नुहोस्

खाँदबारी : संखुवासभाको पाँचखपन नगरपालिकाकी एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पाँचखपनका ३० वर्षीय अरुण राईलाई इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ परेका राईले बालिकालाई विभिन्न प्रलोभनमा पारी फकाई जबरजस्ती करणी गरेको खुलेको छ । घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । प्रहरीका अनुसार पक्राउ परेका राईविरुद्ध जबरजस्ती करणी मुद्दामा संखुवासभामा जिल्ला अदालत चैनपुरमा म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ । पीडित बालिकाको स्थास्थ्य संस्थामा उपचार भइरहेको छ ।

त्यसैगरी, जबरजस्ती करणी मुद्दामा १० वर्षदेखि फरार प्रतिवादीलाई पनि जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय सुनाइएका पाँचखपन– ५, खमारेका ५६ वर्षीय द्रोणप्रसाद पोखरेललाई पक्राउ गरिएको प्रहरी निरीक्षक  राजवंशीले जानकारी दिए । जिल्ला अदालत संखुवासभाले २०७१ साल चैत २९ गते १० वर्ष कैद सजाय सुनाएको थियो । पक्राउ परेका पोखरेललाई फैसला कार्यान्वयनका लागि बुधबार जिल्ला अदालत संखुवासभामा बुझाइएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.