वडाध्यक्ष अधिकारीको निधनमा एक दिन शोक बिदा
अर्घाखाँची : सन्धिखर्क नगरपालिका–५ का वडाध्यक्ष तथा नगर कार्यपालिका सदस्य ऋषव अधिकारीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सन्धिखर्क नगरपालिकाले एक दिन सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ।
वडाध्यक्ष अधिकारी केही समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए। उपचारका लागि काठमाडौंस्थित टिचिङ अस्पताल, महाराजगञ्जमा उपचाररत रहेका उनी स्वास्थ्यमा थप जटिलता आएपछि मंगलबार बिहान ६ बजे ६१ वर्षको उमेरमा निधन भएको हो।
नगर कार्यपालिकाको मंगलबारे बसेको बैठकले असार ३१ गते भोलि एक दिन नगरपालिकाअन्तर्गतका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा मातहतका सम्पूर्ण निकायमा सार्वजनिक शोक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस !