मौसम विभागले भन्यो- तीन दिन १४ जिल्लामा तातो लहर चल्छ, सतर्क रहनू

मौसम विभागले भन्यो- तीन दिन १४ जिल्लामा तातो लहर चल्छ, सतर्क रहनू
सुन्नुहोस्

काठमाडौं : मौसम विभागले तीन दिन १४ वटा जिल्लामा तातो लहर चल्ने जनाएको छ। विभागले आज तातो दिन तथा तातो लहर सम्बन्धी विशेष बुलेटिन-४ जारी गरेर बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (बसुप), पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीमा तातो लहर चल्ने जनाएको हो। 

विभागले कञ्चनपुर, कैलाली, नवलपरासी (बसुपू), चितवन, सुनसरी, मोरङ र झापामा अद्यावधिक रहने जनाएको छ। आगामी तीन दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही ठाउँहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा यो भन्दा बढी रहने सम्भावना रहेको मौसम विभागले जनाएको छ। 

मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै ठाउँहरूमा आगामी तीन दिनसम्म मध्यम तातो लहर हुने सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही ठाउँहरूमा तातो दिन हुने सम्भावना छ। 

तातो हावा तथा तातो लहरबाट हुने थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्छ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने , चर्को घाममा बाहिर ननिस्किने, हल्का लुगा (सुतीको कपडा ) लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहन आवश्यक रहेको विभागले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.