दिलबहादुर उद्वारका लागि ५ लाख ६३ हजार रुपैयाँ संकलन

दिलबहादुर उद्वारका लागि ५ लाख ६३ हजार रुपैयाँ संकलन

जिके दङ्गाली

युएई : रोल्पा धवाङका दिल बहादुर घर्तीलाई उद्दारका लागि अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएईले ५ लाख ६३ हजार ५६ नेपाली रकम संकलन गरेको छ। करिव डेढमहिनाको समयमा सङ्कलन भएको उक्त रकम  पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।

रोल्पाली सेवा समाजले रकम सार्वजनिक गरे लगतै दिल बहादुर बचाउ अभियानलाई युएईबाट समापन गरेको अभियानका आर्थिक संयोजक दिलाराम ओलीले बताए। संकलित रकम छिट्टै नेपाल पठाउने तयारी रहेको समेत ओलीले जानकारी दिए।

युएईमा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष भुपराज बस्याल, उपाध्यक्ष लक्ष्मण खनाल, सदस्य खिमलाल पाण्डे र पोष्टपाटी मिडियाबाट पृथीछक बुढाको उपस्थिति रहेको थियो। 

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको घोषणा 

‘मातृभूमिका लागि बिश्वभरका रोल्पालीहरु गोलबन्द होऔ’ भन्ने मूलनारा लिएर युएईमा रहेका रोल्पालीहरुले अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएई निर्माण गरेका छन्। 

अन्तर्राष्ट्रिय राष्ट्रिय रोल्पाली सेवा समाजका प्रमुख सल्लाहकार रामकृष्ण पुनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एनआरएनए आइसीसी सदस्य चित्र बहादुर केसी, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएईका प्रेस सल्लाहकार केबी गुरुङ, प्रदेश नं ५ सम्पर्क समितिका अध्यक्ष राजु खड्का, पाँच नम्बर प्रदेश सम्पर्क समिति सल्लाहकार चन्द्र सारु मगर, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएईका सल्लाहकार देवराज ओली, नेपाल पत्रकार महासंघ शाखा युएईका अध्यक्ष भुपराज बस्याल रहेका थिए। त्यस्तै अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका सल्लाहकार दिलाराम ओली र गणेश खत्री (जिके दङ्गाली), पाँच नम्बर प्रदेशका महासचिव खकेन्द्र पराजुली, पाँच नम्बर प्रदेश अन्तर्गत सामाजिक संस्थाहरु दाङ देउखुरीसमाज, प्युठान समाज, गुल्मी समाज, मितेरी समाज, खाम समाज, अर्घाखाँची सम्पर्क समिति, मगर समाजका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

 अध्यक्ष कृतिमान पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव कुमार केसीले गरेका थिए। त्यसैगरि स्वागत भाषण समाजका बरिष्ठ उपाध्यक्ष दोलक केसीले गरेका थिए। कार्यक्रममा रोल्पाली र गैर रोल्पालीहरु करिव अढाईसयको उपस्थिति रहेको थियो।

२९ जनाको कार्यसमतिलाइ प्रमाण पत्र वितरण 

कार्यक्रम घोषणा सभामा थप दुई जना महिला सदस्य थपेर २९ जनाको कार्यसमिति गठन भएको छ। कार्यसमितिलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिबाट संस्थाको प्रमाण पत्र वितरण गरिएको थियो। त्यसैगरि सल्लाहकार समितिलाई पनि प्रमाण पत्र हस्तान्तरण गरिएको थियो। सल्लाहकार समिति ६ जनाको रहेको छ।

उत्कृष्ट सहयोग गर्नेलाई सम्मान पत्र

दिल बहादुर बचाउ अभियानलाई सहयोग गर्ने उत्कृष्ट ४ जनालाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले सम्मान पत्र हस्तान्तरण गरेको थियो। अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको पहलमा दिल बहादुर बचाउ अभियानमा व्यक्तिगत उत्कृष्ट सहयोगीहरु युकेबाट इशा गुरुङ (२२ हजार), युएईबाट दिपक बुढा मगर (१६ हजार), बिर्ष बहादुर बिक(१४ हजार ५ सय ), करण छन्त्याल (८ हजार ५ सय) सम्मान पत्र दिएर सम्मान गरेको थियो।

गाडी दुर्घटना पीडितलाई उपचार सहयोग 

गाडी दुर्घटनामा परि खुट्टा गुमाएका रोल्पा सुनिल स्मृति हरिगाउका बिजय सुनारलाई समाजले उपचार स्वरूप रु १० हजार सहयोग गरेको छ। उक्त सहयोग घोषणा सभा तथा पत्रकार सम्मेलन कार्यक्रमबीच उनकै गाउले महेश सेतिमहरलाई हस्तान्तरण गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.