एनआईसी एसियाको शाखा सुरुंगामा

एनआईसी एसियाको शाखा सुरुंगामा

बिर्तामोड : एनआईसी एसिया बैंकले झापाको कनकाई नगरपालिकास्थित सुरुंगामा नयाँ शाखा स्थापना गरेको छ। २ सय १० औं शाखाको रुपमा झापाको व्यस्त बजारमध्ये एक सुरुंगामा बैंकले शाखा विस्तार गरेको शाखा प्रबन्धक सागर दाहालले बताए। सो शाखाको आइतबार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोखरेलले उद्घाटन गरेका छन्। 

यो शाखासहित मुलुकभर बैंकका २२५ शाखा कार्यालय संचालनमा आएका छन्। २१४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १० वटा अञ्चल शाखासहित बैंकिङ्ग इकाइमार्फत सेवा प्रदान गर्दै आएको एनआईसी एसिया निजि बैंकमध्ये सबैभन्दा ठूलो सञ्जाल भएको बैंक भएको अञ्चल कार्यालय मेचीका उपप्रमुख रविन बारियाले बताए। 

उनका अनुसार मेचीमा मात्रै १६ वटा शाखा सञ्चालनमा रहेका छन् भने झापामा मात्रै १४ वटा शाखा सञ्चालनमा रहेको र केही दिनमानै दमक र बिर्ताबजारमा पनि शाखा विस्तार गरिनेछन्।अब   झापामा एनआईसीका १६ वटा शाखा सञ्चालन हुनेछन्। 

लगानी र बचतका हिसाबमा झापा उत्कृष्ठ जिल्ला रहेकाले झापामा बैंकले धेरै शाखा स्थापना गर्न सफल भएको उप-प्रमुख बारियाको भनाई छ। उनले हाल बैंकको १ खर्ब ५० अर्ब पूँजी र १ खर्ब ३० अर्ब लगानी रहेको समेत बताए। 

बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको एनआईसीले जनाएको छ। हाल सो बैकले नेपालमा कारोबार गरेको २० वर्ष पुगेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.