डाक्टर केसीको समर्थनमा स्वास्थ्यकर्मी आन्दोलित, बिरामीलाई सास्ती

डाक्टर केसीको समर्थनमा स्वास्थ्यकर्मी आन्दोलित, बिरामीलाई सास्ती

डडेल्धुराः  जुम्लामा आमरण अनसनरत डा.गोबिन्द केसीको आन्दोलनलाई समर्थन गर्दै डडेल्धुरामा पनि चिकित्सकहरु आन्दोलित भएका छन् । 

शिक्षा स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै १५ औं पटक अनसनमा रहेका डा. केसीको आन्दोलनलाई समर्थन गर्दै उप क्षेत्रीय अस्पताल डडेल्धुरामा कार्यरत करिब ६० जना स्वास्थ्यकर्मीहरुले आज हातमा कालो पट्टि बाँधेर ऐक्यबद्धता जनाएका हुन । 

उप क्षेत्रीय अस्पताल डडेल्धुरामा चिकित्सकसहित स्वास्थ्यकर्मीहरुले केसीको आन्दोलन समर्थन गरेपछि अस्पतालमा आएका बिरामी र बिरामीका आफन्तले पनि सरकारले माग पुरा गर्नुपर्ने बताउँदै आन्दोलनलाई सघाएका छन् । 

डा. केसीका मागहरु जनताको हितमा रहेकाले समर्थन गरिएको उपक्षेत्रीय अस्पताल ल्याब प्रमुख ईश्वरीप्रसाद भूसालले बताएका छन् । 

‘बिरामीलाई मार्कामा पर्न नदिन पहिलो चरणमा १५ मिनेट सेवा अवरुद्ध गरी कालोपट्टी बाँधेर उपचारमा संलग्न भएका छौँ’, उनले भने, ‘आन्दोलनको स्वरुप अनुसार कडा कदम चालिन्छ ।’ 

आन्दोलनबाट उपक्षेत्रीय अस्पतालमा बैतडी, बझाङ, डोटी लगायतबाट आउने सेवाग्राहीलेसमेत सास्ती पाएका छन् । ‘हामी टाढाबाट उपचारका लागि आएका थियौँ’, डोटीका सुमित बलायरले भने, ‘डक्टर नै आन्दोलनमा हुँदा समयमै उपचार नपाएकाले बास बस्नुपर्ने बाध्यता आयो ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.