फुङलिङको बजेट ४९ करोड ८६ लाख

फुङलिङको बजेट ४९ करोड ८६ लाख

फुङलिङ : ताप्लेजुङको फुङलिङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ८६ लाख ८ हजारको बजेट पारित गरेको छ। उपप्रमुख बमबहादुर भटट्टराईले प्रस्तुत गरेको निति तथा कार्यक्रमसहितको बजेट आइतबार सम्पन्न तेस्रो नगरसभाले पारित गरेको हो।

नगरपालिकाले चालुतर्फ ३२ करोड ६७ लाख र पूँजीगततर्फ १७ करोड १८ लाख विनियोजन गरेको छ। सामाजिक सुरक्षा भत्तामा तीन करोड ६९ लाख ३८ हजार चार सय रुपैंया राखिएको छ। नगरस्तरीय योजनामा चार करोड ५९ लाख ६१ हजार, लक्षित कार्यक्रममा एक करोड, विषयगत कार्यक्रममा एक करोड १९ लाख र समपूरक कोषमा २ करोड रुपैंया रहेको छ।

त्यस्तै नगरस्तरीय पूँजीगत कार्यक्रममा एक करोड, सशर्त अनुदानमा २१ करोड १८ लाख सामाजिक सु्रक्षामा तीन करोड ६९ लाख ३८ हजार चार सय विनियोजन गरिएको उपप्रमुख भट्टराईले बताए।

नगरका ११ वडाको विकास बजेट ६ करोड ४१ लाख रहेको छ। बजेटमा आफ्ना पदाधिकारीको  सेवा सुविधामा १ करोड दुई लाख ७६ हजार र कर्मचारीको पारिश्रमिकमा तीन करोड ६८ लाख ४८ हजार खर्च हुने अनुमान गरिएको छ। 

कार्यालय व्यवस्थापनमा दुई करोड ७० लाख, वडा कार्यालयको प्रशासनिक खर्च ३८ लाख ५० हजार साथै कार्यालय व्यवस्थापनमा ९९ लाख रुपैंया छुट्याइएको छ।चालू आर्थिक वर्षमा नगरपालिकाले ७३ लाख ३८ हजार राजव संकलन गरेको छ।प्रत्येक घरमा चीया बगान बनाइने साथै नगरपालिकाले आगामी आर्थिक वर्षदेखि नगरक्षेत्रका प्रत्येक घरमा चिया रोप्ने अभियान थाल्ने भएको छ।

अधिकांश नगरबासीको पेशा कृषि भएकाले यसलाई निर्वाहमुखिबाट व्यावसायिक बनाउँदै लैजाने योजनाअनुरुप 'आफ्ना लागि आफ्नै चिया, नारासहित अभियान सुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

जसका लागि नगरपालिकाले निःशुल्क चियाका विरुवा उपलब्ध गराउने छ। तरकारी र फलफूलमा नगरलाई आत्मनिर्भर बनाउन कृषक समूहको अगुवाईमा पकेट तथा ब्लकका लागि अनुदान समेत दिने छ।

त्यस्तै नगरले सडकको नयाँ ट्रयाक खोल्ने भन्दा पुरानाको स्तरोन्नती गर्ने कार्यालाई प्राथमिकता दिने भएको छ। नगरभित्रका सामुदायीक विद्यालयमा खानेपानी कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य संस्थामा औषधि अभाव हुन नदिन सुरुमै औषधि खरिद गरेर भण्डारण गर्ने, निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने, पूर्वाधार निर्माण गर्दा बायो इञ्जिनियरिङ पद्धति अपनाउने जस्ता योजना नगरपालिकाले पारित गरेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.