राष्ट्रियसभाद्वारा विनियोजन विधेयक पारित

राष्ट्रियसभाद्वारा विनियोजन विधेयक पारित

काठमाडौं : राष्ट्रियसभाको सोमबार बसेको बैठकले विनियोजन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको विनियोजन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको हो । उनले प्रस्तुत आर्थिक विधेयक, २०७५ र राष्ट्र ऋण उठाउने विधेयक, २०७५ को प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।

ऋण तथा जमानत ९२२औं संशोधन विधेयक, २०७५ पनि राष्ट्रियसभाको बैठकको बहुमतले स्वीकृत गरेको छ । 

बैठकमा सांसदहरु अनिता देवकोटा, धनकुमारी खतिवडा, विन्दादेवी आले, प्रकाश पन्थ, जीतेन्द्रनारायण देव, बद्रीप्रसाद पाण्डे, तारादेवी भट्ट र रमेशजंग रायमाझीले प्रस्ताव गर्नुभएको भएको खर्च कटौतीको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

राष्ट्रियसभाको अर्को बैठक मंगलबार अपराह्न ३ बजे बस्नेछ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.