अन्नपूर्णकर्मी रोकालाई युवा प्रतिभा पुरस्कार

अन्नपूर्णकर्मी रोकालाई युवा प्रतिभा पुरस्कार

अन्नपूर्ण: अन्नपूर्ण पोस्ट् दैनिकका प्यूठान संवाददाता केशर रोकालाई युवा प्रतिभा पुरस्कार प्रदान गरिएको छ । राष्ट्रिय यूवा परिषद्को सहयोगमा जिल्ला यूवा समितिको कार्यालय प्यूठानले सोमवार सदरमुकाम खलंगामा कार्यक्रम गरी रोकालाई नगद सात हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरेको हो । 

पत्रकारितामार्फत विभिन्न उद्यम, पेशा, व्यवसायमा लागेका युवाहरुको प्रतिभालाई ऊजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको समितिका अध्यक्ष नेगनसिंह कुवँरले जानकारी गराए । प्रतिभाशाली युवाहरुको खोजी, पहिचान र प्रोत्साहनका लागि सञ्चारजगतको विशेष योगदान रहने उनले विश्वास व्यक्त गरे । 

प्रत्येक वर्ष समितिले युवाहरुलाई प्रतिस्पर्धाको आधारमा सम्मान र पुरस्कृत गर्दै आएको छ । रोकासँगै सञ्चारकर्मी राधिका भुषाल, आयूष्मा होटलका सञ्चालक नवीन जिसी, बिजुवारका ग्रिल व्यवसायी अर्जुन विक, फर्निचर व्यवसायी विमल गुरुङ र विजुवारमा सिरक डसना उद्योगका सचालका प्रदीप केसी सम्मानित भएका छन् । 

जिल्लालाई आत्मनिर्भर हुने गरी उत्पादनमा जोड दिन र सफल उद्यमीलाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण गर्न प्रमुख जिल्ला अधिकारी डा.कृष्ण बहादुर घिमिरेले उद्यमी, व्यवसायी र सञ्चारकर्मीलाई सुझाव दिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.