शक्तिशाली बन्ने इच्छा छैन : प्रधानमन्त्री

शक्तिशाली बन्ने इच्छा छैन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले आफूलाई शक्तिशाली बन्ने कुनै इच्छा नरहेको स्पष्ट पारेका छन्। राष्ट्रियसभामा विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको सोमबार जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफू लोकतन्त्रका लागि लड्दै आएको उल्लेख गर्दै शक्तिशाली बन्ने चाहना नरहेको स्पष्ट पारेका हुन्।

उनले भने, ‘लोकतन्त्रका लागि मैले आधा शताब्दी लडेको छु, मलाई शक्तिशाली बन्ने कुनै चाहना छैन। तर सरकार शक्तिशाली हुनुपर्छ। शक्तिशाली सरकारले मात्र प्रभावकारी काम गर्न गर्छ।’

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदले विभिन्न मन्त्रालयका कार्यालय प्रधानमन्त्रीले आफू मातहत ल्याएर शक्तिशाली बन्न खोजेको आरोप लगाएका थिए। प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलका सांसदको आरोपको खण्डन गर्दै भने, ‘प्रधानमन्त्री कार्यालय कमजोर बन्यो भनेर होइन, विकास र समृद्धिको गतिलाई कसरी बढाउन सकिन्छ भनेर सरकारले केही कार्यालयलाई प्रधानमन्त्री मातहत ल्याएको हो। यसले अधिनायकवाद ल्याउँदैन।’

प्रतिपक्षी दलले सरकार अधिनायकवादतर्फ उन्मुख भएको भनेर अनावश्यक प्रचार गरेको उनको टिप्पणी थियो। ‘पञ्चायतकालमा जनमत संग्रहका बेला केटाकेटी रुँदा पनि जनमत संग्रह बिथोलिन्छ भनिन्थ्यो, अहिले ठ्याक्कै केही दलले सरकारले जे गरेपनि अधिनायकवाद मात्र देख्छन्’, प्रधानमन्त्रीले कटाक्ष गरे।

उनले सुशासन सरकारको प्रमुख प्राथमिकतामा रहेको जनाउँदै भ्रष्टाचार नियन्त्रण र निर्मूलीकरणका लागि सरकारले एकाध कार्यालय आफूअन्तर्गत ल्याइएको बताए। प्रधानमन्त्री कार्यालयअन्तर्गत राष्ट्रिय योजना आयोग, राष्ट्रिय लगानी कोष, राष्ट्रिय पुनर्निर्माणलगायतका १८ वटा कार्यालय रहेकाले बजेट धेरै देखिएको भन्दै प्रधानमन्त्रीले ओलीले भने, ‘यति धेरै संस्था हामी अन्तर्गत छन्। अनि प्रधानमन्त्री कार्यालयअन्तर्गत धेरै बजेट भनेर भन्ने ? यो खर्च प्रधानमन्त्री कार्यालयले गर्ने होइन।’

सरकारले मितव्ययिताको नीति अवलम्बन गरेको जनाउँदै प्रधानमन्त्री ओलीले जनताको करबाट आएको पैसा सदुपयोग गर्ने सरकारको नीति रहेको बताए। ‘तपाईहरू प्रधानमन्त्री कार्यालय जानुभयो भने बढीमा प्रधानमन्त्रीले पनि दुध चिनी नहालेको चिया खानुहुन्छ, यहाँहरूलाई पनि त्यही रुपले स्वागत गरिन्छ’, उनले प्रतिपक्षी सांसदलाई व्यंङग्य गर्दै भने, ‘सरकार सदुपयोगको पक्षमा छ।’

भ्रष्टाचारमा शून्य सहनशीलता

सदनमा एक घण्टा भन्दा बढी बोलेका प्रधानमन्त्री ओलीले सुशासन र भ्रष्टाचारलाई विशेष जोड दिएका थिए। उनले भ्रष्टाचारमा सरकारले शून्य सहनशीलता अपनाएको बताए। ‘भ्रष्टाचार गरेको भेटिए अनुहार हेरेर छुट हुँदैन, भनसुन चल्दैन’, उनले भने, सत्यसँग लड्दैन, शक्तिसँग झुकिदैन। गल्ती भेटिए कुनै पनि दबाबमा सरकार झुक्दैन।’

उनले भ्रष्टाचारविरुद्ध क्रियाशील हुने संस्थालाई अझ बढी सवल, सक्षम र सक्रिय बनाउने सरकारको योजना र नीति रहेको स्पष्ट पारे।

खाल्डाखुल्डी चाँडै पुरिन्छन्

उनले काठमाडौं उपत्यकाभित्रका खाल्डाखुल्डी चाँडै पुरिने आश्वासन दिएका छन्। पानी जमेका ठाउँ र खाल्डाखुल्डी पुर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको जनाउँदै उनले अदालतका कारण पनि समस्या हुने गरेको जनाए। दशौं वर्षदेखिका बिग्रे भत्केका सडक पुर्न चार महिना पर्याप्त नरहेको भन्दै प्रधानमन्त्रीले अदालतका कारण पनि काममा ढिलाइ हुने गरेको बताए।

उनले भने, ‘सरकारले काम सुरु गर्दै गर्दा अदालतबाट स्टे अर्डर आउँछ, सम्मानित अदालतको आदेश मान्नैप¥यो।’

यस्तै प्रधानमन्त्री ओलीले चाँडै देश तुईनमुक्त हुने दावी गर्दै तुईनमा जोखिम यात्रा गर्नुपर्ने दिनको अन्त गर्न सरकार क्रियाशील रहेको बताए। आफू पहिलो पटक प्रधानमन्त्री हुँदा तुईन मुक्त देश बनाउने नीति ल्याएपनि सरकार बदलिँदा त्यसले निरन्तरता नपाएको जीकिर उनको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.