प्रादेशिक अस्पतालमा विकास गर्ने तयारी

प्रादेशिक अस्पतालमा विकास गर्ने तयारी

तुलसीपुर : प्रदेश नं ५ अन्तरगत रहेका साविकका अञ्चल अस्पताललाई अब प्रादेशिक अस्पतालको रुपमा विकास गरिने भएको छ । अञ्चल र जिल्ला अस्पताल प्रदेश सरकारको मातहतमा सञ्चालन हुने नीति बनेपछि साविकका अञ्चल तीन वटा अस्पतालहरुलाई प्रादेशीक अस्पतालको रुपमा विकास गर्न लागिएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा महाशाखाले राप्ती, भेरी र लुम्बिनी अञ्चल अस्पताललाई प्रादेशीक अस्पतालका रुपमा विकास गर्न छलफल थालेको छ । प्रदेश भित्र तीन वटा अञ्चल अस्पताल रहेका छन । ती सबै अस्पताललाई विषयगत प्रादेशीक अस्पतालका रुपमा मन्त्रालयले विकास गर्ने सोच गराएको छ, स्वास्थ्य सेवा महाशाखाका गणेश भट््टराईले भने, अहिले हामी त्यहि तयारीमा सरोकारवालाहरुको सुझाव संकलन गरि रहेका छौ ।’

प्रदेशले पायक पर्ने स्थानमा नयाँ प्रादेशीक अस्पताल खोल्ने गरि सम्भाब्यता अध्ययन गर्न बजेट समेत विनियोजन गरेको भए पनि त्यसलाई रोकेर अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल सरहको सेवा सुविधा दिदै प्रादेशीक अस्पतालको रुपमा विकास गर्ने योजना बनाइएको भट्टराईले बताए । उनले तीन वटै अञ्चल अस्पतालमा सेवालाई विषयगत गरी विशिष्टिकरण गरेर स्वास्थ्य हवको रुपमा विकास गरिने बताए । ‘अहिले अञ्चलको सेवा, जनशक्ति, पुर्वाधार, उपकरणको अबस्था बुझि रहेका छौ, उनले भने ।

यो नीतिसंगै आउँदो आर्थिक वर्षदेखि प्रदेश भित्रका अञ्चल अस्पताललाई प्रादेशीक अस्पतालको रुपमा विकास गरिने छ । यसको सम्भाब्यता अध्ययनको लागि प्रदेश सरकारले रकम समेत विनियोजन गरिसकेको महाशाखाले जनाएको छ । यसैबीच राप्ती अञ्चल अस्पताल तुलसीपुरलाई प्रादेशीक अस्पतालको रुपमा विकास गर्ने योजना सहित जिल्लाका सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । अस्पताल प्रशासन, ब्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि, जिल्ला जन स्वास्थ्य, नागरिक समाज, स्थानीय सरोकारवालाहरुसंग महाशाखाले तुलसीपुरमा सोमवार अन्तरक्रिया गरेर सुझाब लिएको छ ।

कार्यक्रममा सहभागिहरुले अञ्चल अस्पतालमा तोकेको सेवा सुविधा अहिले पनि नागरिकले नपाएको भन्दै पहिले सबै सेवा दिने जनशक्ति र वातावरण बनाएर मात्रै स्तर बृद्धि गरिनु पर्ने बताएका थिए । प्रदेशको मध्यविन्दुमा गर्ने, र ६ नं प्रदेशको आधा क्षेत्रमा समेत राप्ती अञ्चल अस्पतालले सेवा दिन सक्ने भएकाले यसलाई प्रादेशीक अस्पतालका रुपमा सबै सेवा दिने गरि विकास गर्न आग्रह गरेका थिए ।

अञ्चल अस्पतालमा मेसु डा विनोद सिंहले आबश्यक जनशक्ति र पुर्वाधार नहुदा सेवा प्रवाहमा समस्या भएको बताए । उनले दरबन्दी अनुसारको विशेषज्ञ सहितको जनशक्ति र पुर्वाधार भएमा अहिलेको सेवा भन्दा विशिष्ट सेवा दिन अस्पताल तयार रहेको बताए । प्रादेशीक अस्पतालको उदेश्य माथि प्रकाश पार्दै महाशाखाका ओमपी न्यौपानेले एक टोलीले भेरी र राप्ती अञ्चल अस्पतालमा अन्तरक्रिया गरिसकेको बताए । अन्तक्रियाबाट आएका सुझाव र सल्लाहलाई मन्त्रालयमा बुझाइसके पछि थप प्रक्रिया अघि बढने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.