चीन लाने गैंडा काठमाडौं पठाइयो

चीन लाने गैंडा काठमाडौं पठाइयो

चितवन : चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको एक जोडी गैंडा मंगलबार  चितवनबाट काठमाडौं पठाइएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट ती जोडी गैंडालाई स्थानीय तहका प्रतिनिधि, सरकारी कर्मचारीको उपस्थितिमा ट्रकमा हालेर काठमाडौं पठाइएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले  डेढ वर्षको भाले ‘भद्र’ र  दुई वर्षकी पोथी ‘रुपसी’लाई उपहारस्वरुप चीन लानको लागि काठमाडौं पठाइएको जानकारी दिए । असार २८ गते विशेष कार्गो विमानबाट ती  गैँडालाई चीन लगिनेछ । चीन लानु अघि ती गैँडालाई जाउला खेलस्थित चिडियाखानामा राखिनेछ ।

  गैंडा चीन छाड्नको लागि  निकुञ्जका दुई पशु चिकित्सक र तीन प्रविधिकसहितको टोली समेत चीन जाने भएका छन् । वरिष्ठ चिकित्सक डा. कमल गरै, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक किरण रिजाल लगायतको टोली १ महिनासम्म चीन बस्नेछ ।सरक्षण, प्राकृतिक प्रजनन, अध्ययनको लागि गैंडा चीन लगिन लागेको हो ।

 अर्को वर्ष अर्को जोडी गैँडा चीन पठाइने छ । हालसम्म चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत  ढकालका अनुसार अमेरिकामा छ र भारतमा चार तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यान्मा, जापान, जर्मनी, बेलायत र अष्ट्रियामा दुई दुई गैँडा पठाइएको छ । 

निकुञ्ज तथ्यांकअनुसार पहिलो पटक सन् १९८५ मा भारतको दुधुवामा चार गैँडा पठाइएको थियो । पछिल्लो पटक सन् २००६ मा अष्ट्रियामा एक जोडी गैँडा पठाइएको थियो । बाह्र वर्षपछि पुनः अहिले दुई जोडी गैँडा चीन पठाउन लागिएको हो । यससँगै निकुञ्जबाट पठाइएका गैँडा ३० पुग्नेछन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.