सेकेन्ड इनिङमा उत्साहित दिलिप

सेकेन्ड इनिङमा उत्साहित दिलिप

काठमाडौँः लामो समयपछि चलचित्रमा कमब्याक गरेका दिपिल रायमाझीका लागि डान्स रियालिटी सो ‘बुगी वुगी’ प्रभावकारी माध्यम बनेको छ। यस रियालिटी शोमा उनका प्रस्तुती, हाउभाउ र कमेन्टलाई दर्शकले रुचाएका छन्।

केही वर्ष अमेरिका बसाईपछि नेपाली चलचित्रमा फर्किएका अभिनेता दिपिल रायमाझी कम्ब्याकप्रति उत्साहित छन्। पछिल्लो समय एपीवान टेलिभिजनबाट प्रसारित चर्चित डान्स रियालिटी सो ‘बुगी वुगी’मा निर्णायक बनेपछि उनको चर्चा र उत्साह एकैसाथ सुरु भएको हो।

यस रियालिटी शोबाट उनले राम्रो प्रशंसा पाएका छन्। शो प्रशंसाका कारण चलचित्रमा उनको कमब्याक फलदायी हुने विश्वास गरिएको छ।

अभिनयमा उनको दोस्रो इनिङ चलचित्र ‘रमिता’बाट भएको हो। नेपालमा प्रदर्शनको पखाईमा रहेको यो चलचित्र जुलाई १६ मा जापानको टिकियोमा रेड कार्पेट प्रिमियर हुँदैछ। 

रञ्जितकुमार क्षेत्रीले निर्देशन गरेको यो चलचित्रमा दिलिप रायमाझीलाई रजनी केसीले साथ दिएकी छन्। आफ्नो समयमा ‘डान्सिङ हिरो’को छवि बनाएका दिलिप एक्सनमा पनि त्यतिकै जमे। कमब्याकपछि उनी ‘हिरो’मै दरिन्छन् की अभिनेता बन्छन् त्यो भने समयले तय गर्नेछ।

रमितापछि दिलिपले चलचित्र ‘कहिँ कतै’ र ‘नाई नभन्नु ल ५’ मा काम गरेका छन्। ‘कहिँ कतै’ साउन २५ मा रिलिज हुँदैछ। सवीर श्रेष्ठको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा दिलिपका साथै सोनम बरफुङ्पा, शिवानी गिरी, किशोर खतिवडा र उमा बेबीलगायतले अभिनय गरेका छन्।

सोनम र शिवानीले यही चलचित्रबाट डेब्यू गरेका हुन्। सिक्किम निवासी शिवानी गिरी मिस इन्डिया र मिस हिमालयनमा फस्ट रनरअपको उपाधि जितेकी प्रतिभावान युवती हुन्।

दिलिपले बढी अपेक्षा गरेको चलचित्र हो, ‘नाई नभन्नु ल ५’। विकासराज आचार्यले निर्देशन गरेको ‘नाई नभन्नु ल’का सबै सिक्वेललाई दर्शकले निकै रुचाए। 

स्थापित सिक्वेल हुनुका साथै अहिले दर्शकले रुचाएका प्रियंका कार्की, स्वस्तिमा खड्का र केकी अधिकारीकोसमेत यस चलचित्रमा अभिनय छ। निर्देशक आचार्यले यस चलचित्रबाट अभिषेक नेपाल र सेड्रिना शर्मालाई डेब्यु गराएका छन्।

यादव खरेल निर्देशित चलचित्र ‘भानुभक्त’बाट रजतपट डेब्यु गरेका दिलिप तुलसी घिमिरे निर्देशित चलचित्र ‘दर्पण छायाँ’ पछि चम्किएका हुन्। त्यसयता उनले पछाडि फर्केर हेर्नु परेन। तर चल्तीमै रहेका बेला अमेरिका लागेपछि उनी केही समय चलचित्र क्षेत्रबाट पलायन भएका थिए। 

लामो समयपछि चलचित्रमा कमब्याक गरेका दिपिलका लागि डान्स रियालिटी सो ‘बुगी वुगी’ प्रभावकारी माध्यम बनेको छ। यस रियालिटी शोमा उनको प्रस्तुती, हाउभाउ र कमेन्टलाई दर्शकले रुचाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.