महाकाली नदीमा बाढीको खतरा

महाकाली नदीमा बाढीको खतरा

काठमाडौं : मंगलबारदेखि निरन्तर परेको पानीले महाकाली नदीमा बाढीको खतरा बढेको छ।

सामान्यतय चार मिटरको बहाव बग्ने नदीमा बुधबार दिउँसो १:३० बजेदेखि ६ दशमलव २३ मिटर पुगेको बाढी पुर्वानुमान शाखाले जनाएको छ।

बुधबार दिउँसोदेखि पानीको बहाव बढेको हो। जल तथा मौसम विज्ञान विभागले प्रभावित क्षेत्रमा सर्तकता अपनाउन एसएमएस गरिसकेको शाखाका जलविद् विनोद पराजुलीले जानकारी दिए। 

महाकाली नदी अन्र्तगत डडेलधुरास्थित परिगाउँको १७८ नम्बरको जलमापन केन्द्रले मापन गरे अनुसार पानीको बहावले सतर्कता तह पार गरिसकेको छ।

पानीबो बहाव साँझ र राति बढ्ने अनुमान गरिएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। पराजुलीका अनुसार ५ दशमलव ८० काटेपछि सर्तकता अपनाउनु पर्ने हुन्छ भने सात मिटर पार गरेपछि खतरा तह मानिन्छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.