उपत्यकामा राति आठ बजेअघि टिपर चलाउन रोक

उपत्यकामा राति आठ बजेअघि टिपर चलाउन रोक

काठमाडौं : राजधानी उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)मा दिउँसो टिपर चलाउन नपाइने भएको छ। बुधबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र ट्राफिक प्रहरी प्रमुखलाई गृहमन्त्रालयमा बोलाएर दिउँसो टिपर चलाउन रोक लगाउन निर्देशन दिइएको हो।

‘गृहमन्त्री रामबहादुर थापा बादलले टिपरका कारण उपत्यकामा दुर्घटना बढेकोप्रति विषेश चासो राखेपछि गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले तीनै जिल्लाका सरोकारवालालाई बोलाएर यस्तो निर्देशन दिनुभएको हो’, मन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले अन्नपूर्णसँग भने, ‘अब साउन १ गतेदेखि उपत्यकाका तीनै जिल्लामा राति आठ बजेअघि टिपर चलाउन पाइने छैन।’ 

बुधबार गृहमन्त्रालयमा सरोकारवालासँग भएको छलफलमा राति आठ बजेपछि र बिहान पाँच बजेअघि मात्र टिपर चलाउन अनुमति दिने सहमति भएपछि गृह मन्त्रालयले सोही अनुसार निर्देशन दिएको हो।

राजधानी उपत्यकामा हुने अधिकांश दुर्घटनामा टिपरको संलग्नता रहेको भेटिएपछि गृहमन्त्रालयले यस्तो निर्देशन दिएको हो। ट्रफिक महाशाखाको तथ्यांक अनुसार असार महिनामा मात्र उपत्यकामा १०८ दुर्घटना भएका छन्। जसमध्ये ४० दुर्घटनाको कारण टिपर बनेको छ। 

मंगलबार राजधानीको जटिबुटीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा भक्तपुर सल्लाघारीका १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको थियो। यसअघि जेठ ३० गते जडीबुटीमै टिपरले ठक्कर दिँदा स्कुटरमा सवार रौतहट घर भएर काभ्रे बस्ने अस्मिता भण्डारीको मृत्यु भएको थियो। 

त्यसैगरी जेठ नौ गते भक्तपुरको नलिनचोकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा लोकन्थली बस्ने हरिभक्त कटवाल, सविता घिमिरे र अवीन्द्र घिमिरेको मृत्यु भएको थियो। टिपरको दादागिरीले हरेक हप्ता उपत्यकामा गम्भीर दुर्घटना हुँदा सरोकारवाला निकाय मौन रहेको भन्दै आलोचना भइरहेका बेला गृहमन्त्रालयले बुधबार यस्तो निर्देशन दिएको हो।

यसअघि जिल्ला प्रशासन र ट्राफिक प्रहरीको समन्वयमा कार्यालय समय बिहान नौदेखि ११ बजेसम्म र साँझ चारदेखि छ बजेसम्म  रिङरोड र भित्री सडकमा मालवाहक सवारी साधनलाई गुड्न रोक लगाइएको थियो। रिङरोड बाहिर मालवाहक सवारी साधनलाई गुड्न दिँदा दुर्घटना बढेको भन्दै गृहमन्त्रालयले साउन १ गतेदेखि लागू हुनेगरी तीन जिल्लामा दिउँसो टिपरलाई रोक लगाउने निर्देशन दिएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.