संसद्को गतिरोध अन्त्यबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए कांग्रेसलाई

संसद्को गतिरोध अन्त्यबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए कांग्रेसलाई

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदको गतिरोध अन्त्यबारे छलफलका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई बोलाएको छ। प्रधानमन्त्री प्रचण्डले छलफलका लागि शुक्रबार साँझ ६ बजे कांग्रेसलाई बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मुछिएको र उनीमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले संघीय संसदका दुवै बैठकमा अवरोध गर्दै आएको छ।

छानबिन समिति गठनबारे सत्तापक्ष र प्रतिपक्षीबीच पटकपटक छलफल भएपनि सहमति जुट्न सकेको छैन। सत्तापक्ष छानबिन समिति नबनाउने पक्षमा छ भने प्रतिपक्ष आफ्नो अडानबाट पछि नहट्ने अडानमा  छ।

प्रतिपक्षको अडानका कारण आज बस्ने भनिएको प्रतिनिधिसभा बस्दै नबसी स्थगित भएको छ भने कांग्रेसको अवरोध पछि राष्ट्रियसभा बैठक पनि आइतबारसम्मका लागि स्थगित भएको छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.