ललितपुरमा काष्ठ उद्योग डुब्यो
ललितपुर : ललितपुरमा काष्ठ उद्योग डुबेको छ । ठूलो वर्षातका कारण पानी बग्न नसकेपछि भैरवदास काष्ठ उद्योग डुबेको हो । उक्त उद्योगमा दुई परिवार बस्दै आएका थिए । उनीहरु राति तीन बजेपछि सुत्न पाएका छैनन् । वर्षातका कारण राति तीनबजेदेखि जाग्राम बस्नुपरेको कृष्णकुमार श्रेष्ठले जानकारी दिए । ललितपुर महानगरपालिका–१५ अवस्थित धोलाटीदेखि चापागाउँसम्मको बाटोमा ढल निकास नभएका कारण पानी बस्तीसम्म पुगेको स्थानीवासीले बताएका छन् । बाटोमा हिड्नसमेत समस्या भएको छ । समयमै बाटो नबन्दा समस्या आएको भन्दै स्थानीय ओक्रोशित भएका छन् ।
प्रतिक्रिया दिनुहोस !
१