डा. केसीद्वारा आैषधि अस्वीकार
जुम्ला : जुम्लामा अनशनरत डा. गोविन्द केसीले सहयोग नगर्दा उनको उपचारमा थप कठिनाइ भएको छ। १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य जटिल बन्दै गएको छ। तर केसीको तर्फबाट सहयोग नहुँदा उनको उपचारमा नै जटिलता पैदा भएको चिकित्सकहरूले बताएका छन्।
अनशनका कारण थला परेका डा. केसीले आफूहरूको परामर्श नमान्ने र औषधिसमेत अस्वीकार गरेका कारण उपचार गर्न नसकिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। केसीको १२ औं दिनको स्वास्थ्य अवस्थाको रिपोर्ट बुधवार सार्वजनिक गर्दै चिकित्सकहरूले उपचारमा डा. केसीले सहयोग नगरेको बताए। केसीको उपचारमा संलग्न चिकित्सक प्रविणकुमार गिरी र सिद्धार्थ खातीले अनशनरत डा. केसीले नमान्दा उपचार गर्न कठिन भइरहेको बताएका हुन्।
उपचारमा डा. केसीको तर्फबाट सहयोग नभएका कारण कठिनाई भइरहेको उपचार टोलीका संयोजक तथा चिकित्सक गिरीले बताए। केसीको स्वास्थ्य अवस्थाबारे रिपोर्ट सार्वजनिक गर्दै गिरीले भने,‘केसीको स्वास्थ्य अवस्था बिग्रीदै गएको छ, उहाँबाट उपचारमा असहयोग भयो। हामीले दिएको औषधि लिन मान्न्ुहुन्न, उहाँको अडानले उपचार गर्न हामीलाई कठिन भयो।’ डा. केसीले आफ्नो उपचारका लागि आफै निणर्य गर्ने गरेका छन्। चिकित्सकहरूले केसीको स्वास्थ्यलाई मध्यजनर गरी आवाश्यकता अनुसारको औषधि प्रयोगको प्रयास गरिरहेका छन्। तर केसीले त्यो सल्लाह मान्दैनन्।
केसीको स्वास्थ्य जटिल बन्दै गएको र आईसियुको आवश्यता पर्ने चिकित्सकहरूले बताएका छन्। अहिले केसीको स्वास्थ्यमा निम्तीने गम्भिर संक्रमणबाट बचाउन विशेष कक्षमा राखेर उपचार भइरहेको हो। चिकित्सकहरूका अनुसार केसीको रगतमा ग्लुकोजको मात्रा कम हुदै गएको छ। तर केसीले ग्लुकोज पनि लिन मानेका छैनन्। हाल ग्लुकोज नभएका अन्य औषधि प्रयोग भइहेको चिकित्सक धिरज गुरुङले बताए। ‘रगतमा म्याग्नेसियमको मात्रा कम भएको हुँदा मुटुको चालमा गडबडी भइरहेको छ, अब मुटुले काम गर्न छोड्न सक्छ।’
काठमाडौ लैजाने तयारी
डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई काठमाडौं लैजाने तयारी भइरहेको छ। ूथानीय प्रशासनले यसको आन्तरिक तयारी भइरहेको जनाएको छ। डा. केसीले माग पूरा नहुँदासम्म जुम्ला नछोड्ने अडान लिएपछि उनको जीवनरक्षाका लागि हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारीमा प्रशासन जुटेको छ।
केसीको जीनरक्षाका लागि काठमाडौ लैजान यहाँका प्रशासन, चिकित्सक र नागरीक समाजले बारम्बार सुझाव सुझाव दिइरहेका छन्। अनशनरत डा. केसीलाई रेस्क्यु गनुपर्ने अवस्था आए जतिखेर पनि सरकारी पक्ष तयारी अवस्थामा रहेको प्रशासनको भनाइ छ। केसीको जीवन रक्षाका लागि रेस्क्यु गर्नुपर्ने अवस्था आए आफुहरू पनि एयरलिफ्टका लागि तयारी अवस्थामा रहेको नेपाल चिकित्सक संघका बरिष्ठ उपाअध्यक्ष ढुण्डीराज पौडेलले बताए।
जुम्लाका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले केसीको जीवनरक्षाका लागि उनलाई काठमाडौं लैजान आवश्यक रहेको बताए। उनले केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएकाले आकस्मीक उद्धार गर्नुपर्ने अवस्था आउनसक्ने बताए। यसका लागि पनि हेलिकोप्टर तयारी हालतमा राखिएको प्रशासनको भनाइ छ।
‘माग पुरा नभए काठमाडौं जान्न’
यसैबीच डा. केसीले माग पूरा नभएसम्म काठमाडौं नजाने अडान लिएका छन्। सरकारी तवरबाट केसीलाई काठमाडौं लैजाने तयारी भइरहेको जानकारी पाएपछि केसीले माग पूरा नभएसम्म नजाने अडान लिएका हुन्। केसीको साथमा रहेका डा. जीवन क्षेत्रीले माग पुरा नभएसम्म डा. केसी काठमाडौं नजाने बताए। डा. केसीले सरकार वार्तामा आएर आफ्नो माग सम्बोधन गरेमात्र अनशन ताडेर काठमाडौ फर्किने बताएका हुन्। सरकारले वार्ताको माध्ययमबाट माग सम्बोधनको विकल्प नखोजे आफुले कर्णालीमै देह त्याग्ने केसीको अडान छ।