सडक निर्माणमा जुटे आमा समूह
तम्घास : चिप्लो साँघुरो सडक, छेउछाउमा घाँसैघासले घेरिएको । वर्खायामको समयमा हिलैहिलो हुने समस्याले पानी भर्न जानेलाई समस्या थियो । यस्तै समस्याले सवैलाई हरेक दिनजसो पिरोल्न थालेपछि रेसुंगा नगरपालिकामा रहेको कल्याणकारी आमा समुहले सडक सजिलो बनाउन निर्माणमा जुटेका हुन । बजारभन्दा केही तल खोलामा रहेको तिनधारामा बजारका सवैजसो मानिस पानी भर्न, कपडा धुन र नुहाउन पुग्ने गर्दछन् ।
सडक समस्याको दिगो समाधानका लागि आमा समुहका सवै महिलाहरु सडक निर्माणमा जुटेको कल्याणकारी आमा समुहका अध्यक्ष कृष्णमायाँ पाण्डेले बताईन् । ‘पानी लिन आउने सवैलाई अप्ठ्यारो भयो,’उनले भनिन्,‘हामी सवै जुटेर बनाउन लागेका छौं ।’
पाण्डेले कहिलेकाँही बजारमा पानी अभाव हुँदा सवै बजारवासी तिनधाराकै पानीमा भर पर्ने भएपनि धारासम्म पुग्ने सडक र सरसफाईमा कसैले ध्यान नपु¥याउँदा फोहोर र जिर्ण बन्दै गएको समेत जानकारी गराईन् । उनले उक्त ठाउँ पिउनेपानीका लागि पुरानो र स्वच्छ भएकाले सवै बजारवासी र सरोकारवालाले मर्मत र निर्माणमा ध्यान दिनुपर्ने बताईन् ।
आमा समुहका पुर्वअध्यक्ष मनकला पन्थीले खानेपानीको धारासम्म पुग्नलाई सडक चिप्लो र सानो भएकाले सवै टोलवासी मिलेर निर्माण गर्न लागेको बताईन् । उनले खोला किनारमा रहेको पुरानो धारामा पुग्ने सडक जिर्ण बन्दै गएको र ठाउँठाउँमा भत्किएकाले सवै मिलेर सिंढी चिन्ने र खनेर फराकिलो बताउन लागेको जानकारी गराईन् ।
विगतमा पनि आमा समुहले सोही ठाउँमा सरसफाई र पाटी पौवा निर्माणको कामलाई निरन्तरता दिंदै आएको छ । समुहका सदस्य गोपी पन्थीले रेसुंगा नगरपालिकाले आमा समुहलाई भवन निर्माणका लागि एक लाख ५० हजार रकम उपलब्ध गराएकोमा भवन निर्माणका लागि जग्गा नभएकोले खानेपानीको धारासम्म पुग्ने सडक निर्माणमा आमा समुह लागेको जानकारी गराईन् । उनले सडक निर्माणका लागि पालिकाले दिएको रकम प्रर्याप्त नभएपनि आमा समुह र टोलवासी मिलेर राम्ररी हिड्न मिल्ने वाटो बनाएको समेत जानकारी दिईन् ।
यसअघि समूहले रेसुंगा नगरपालिकास्थित पिक्निक स्थल साखिन डांडामा खानेपानीको व्यवस्था, धारो, आकासे पानीका लागि घैंटो निर्माण र वस्नका लागि पौवा निर्माण गरेको जनाएको छ । त्यस्तै ईस्मा गाउँपालिका–१ र २ का दुईजना क्यान्सर पिडितलाई आमा समुहले उपचारका लागि आर्थिक सहयोग समेत गरेको सदस्य सरिता पन्थीले बताईन् ।