२० मिटर तल खोलामा बस खस्दा ......

२० मिटर तल खोलामा बस खस्दा ......

पाल्पा : तानसेन नगरपालिका–८ भालेबासमा बिहीबार बिहान बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । घाइते मध्ये तानसेन–८ मदनपोखराका विष्णु मल्लको  अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेल बताए । प्रहरी नायव उपरीक्षक घिमिरेका अनुसार अन्य घाइतेको अवस्था सामान्य छ ।

घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भइरहेको छ । बुटवलबाट पोखरातर्फ आउँदै गरेको लु १ ख ७२७२ नम्बरको बस तानसेन–८ भालेबासमा बिहान साढे ६ बजेतिर तानसेनबाट बुटवलतर्फ जादै गरेको लु १ ख ८१२७ नम्वरको बससँग ठोकिदा दुर्घटना भएको हो ।

 खोलामा खसेको लु १ ख ७२७२ नम्बरको दुर्घटनाग्रस्त बस पूर्णरुपमा उल्टिएर बसको टायर माथि छत भुइमा भएको छ । घिमिरेका अनुसार विपरित दिशाबाट आउँदै गरेको बसलाई मोडमा साइड दिने क्रममा छलाउदा दुर्घटना भएको हो ।  बस सडकभन्दा करिब २० मिटर तल खोलमा खसेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.