नगरपालिकाको बेवास्थाले अटो भिलेज अलपत्र

नगरपालिकाको बेवास्थाले अटो भिलेज अलपत्र

भैरहवा : सिद्धार्थनगर नगरपालिकाले भैरहवामा सञ्चालनमा ल्याउन खाजेको सिद्धार्थ नमुना अटो भिलेज अलपत्र परेको छ। नगरपालिकाले अटो भिलेज सञ्चालनका लागि सम्झौता गरे पनि कार्यान्वयन नगर्दा अलपत्र परेको हो।

सुन्दर र सफा नगरको रूपमा विकास गर्ने अवधारणाअन्र्तगत नगरमा छरिएका ग्यारेजलाई एक स्थानमा ल्याई सञ्चालन गर्न पालिकाले ग्यारेज श्रमिक÷व्यवसायीहरूसगँ वडा–९ गोनहियामा अटो भिलेज स्थापनाका लागि ०७० सालमा सम्झौता गरेको थियो। तर ठूला व्यवसायीहरू भने त्यसको विरोधमा देखिएका थिए। बेलहिया–बुटवल ६ लेन व्यापारिक मार्ग विस्तार गर्ने क्रममा सडकछेउमा रहेका ठूला व्यवसायीहरूले अटो भिलेज सञ्चालनमा पहल गर्नुको सट्टा अस्थायी रूपमा लुम्बिनी रोडमा व्यवसाय सारेका छन्।

अटो भिलेजका लागि श्रमिकहरूले जग्गा खरिद गरेका र सडक, खानेपानी, विद्युत््लगायत आवश्यक सम्पूर्ण पूर्वाधार नगरपालिकाले बनाउने सम्झौता गरेको छ। तर ५ वर्ष बितिसक्दा समेत अटो भिलेज सञ्चालनमा ल्याउन नगरपालिकाले कुनै चासो नदेखाएको श्रमिकहरूको गुनासो छ।

करिब ३ सय श्रमिकमध्ये अधिकांशले बैंकबाट ऋण लिएर गोनहियामा करिब १४ करोड रुपैयाँमा एकै स्थानबाट ग्यारेज सञ्चालनका लागि १० बिघा जग्गा खरिद गरेका थिए। ‘नगरपालिकासँग भएको सम्झौताअनुसार ऋण लिएर सबैले जग्गा खरिद गरी भवनसमेत बनायौँ, तर अहिले पालिकाले अटो भिलेज सञ्चालनमा ल्याउन आनाकानी गरिरहेको छ’, नेपाल अटो मेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरका अध्यक्ष गुमानसिंह सारु मगरले गुनासो पोखे।

निर्माणाधीन अटो भिलेज ५ वर्षदेखि विद्युत् अभावमा सञ्चालनमा आउन सकेको छैन। ‘विद्युत््को लागि नगरपालिका गए विद्युत् कार्यालय जानुस् भन्छन्, विद्युत् कार्यालय गयो नगरपालिका जानुस् भन्छन’्, अध्यक्ष सारुमगरले अन्नपूर्ण पोस्ट्सगँ भने, ‘हामीलाई कहिले यता कहिले उता भनेर भकुण्डो जस्तो बनाइएको छ।’

५ वर्ष बितिसक्दा समेत अटो भिलेज सञ्चालनमा ल्याउन नगरपालिकाले कुनै चासो नदेखाएको श्रमिकहरूको गुनासो छ।

अटो भिलेजमा बैंकबाट ऋण लिएर जग्गा खरिद गरी व्यवसाय सञ्चालन गरेका राजेश धवलले नगरपालिकाको भरमा व्यवसाय सञ्चालन गर्दा आफू धरासय अवस्थामा पुगेको बताए। भिलेजमा उनले एक्लै ग्यारेज खोलेर बसेका छन्। राजमार्गमा राम्ररी व्यवसाय सञ्चालन गरिरहेको अवस्थामा नगरलाई सुन्दर र सफा बनाउने अवधारणाअन्र्तगत आफूलाई बजारबाट अटो भिलेजमा व्यवसाय सञ्चालनमा प्रोत्साहन गरेको नगरपालिकाले अहिले बेवास्ता गरेको गुनोसो पोखे।

अटो भिलेजमा लगानी गरेका श्रमिकहरूले भिलेज सञ्चालनका लागि आवश्यक विद्युत् र सडक ग्राभेलको माग गरेका छन्। भिलेजमा विद्युतीय पोल गाडेर बिजुलीको पोल तानिएको अवस्था छ तर ट्रान्सफर्मर नहुदाँ विद्युत् प्रवाह हुन सकेको छैन। जसका कारण मात्र भिलेज सञ्चालनमा आउन सकेको छैन।

यस्तै सिद्धार्थ अटो भिलेज सञ्चालनमा ल्याउन खोजेको नगरपालिकाले आफ्नै सम्झौता कार्यान्वयन नगरी उल्टै सम्झौताविपरीत ठूला व्यवसायीलाई लुम्बिनी रोडमा ‘मिनी’ अटो भिलेज सञ्चालन गर्न छुट दिएको समेत पाइएको छ।

सम्झौताको बुँदा नं ४ मा अटोमेकानिक्ससम्बन्धी व्यवसाय गर्ने सम्पूर्ण व्यवसायीलाई सिद्धार्थ अटो भिलेजबाहेक अन्यत्र व्यवसाय गर्न नपाउने गरी दुवै पक्ष (नगरपालिकाका र व्यवसायी) ले आवश्यक भूमिका र पहल गर्ने उल्लेख रहे पनि नियमन गर्ने निकाय नगरपालिकाले आफ्नै सम्झौताको उल्लंघन गरी ठूला व्यवसायीलाई लुम्बिनी रोडमा अटो भिलेज सञ्चालन गर्न छुट दिएको पाइएको छ।

नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीका दाई भीम अधिकारीले लुम्बिनी रोडमा ‘मिनी’ अटो भिलेज सञ्चालन गरेका कारण अटो भिलेज सञ्चालनमा ल्याउन नचाहेको नेपाल अटो मेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरका सचिव दिलबहादुर श्रीषले आरोप लगाए। ‘मेयरले व्यक्तिगत स्वार्थ बनाउदा करोडौं लगानी डुब्ने खतरा भयोे’, उनले भने।

मेयर अधिकारीले सञ्चालनमा ल्याउन पूर्वाधारहरू निर्माण भइरहे पनि भिलेजका लागि खरिद गरिएको जग्गा व्यक्तिगत भएको कारण भविष्यमा समस्या आउन सक्ने भएकाले सञ्चालनमा ल्याउन हतार नगरिएको बताए। ‘ श्रमिकहरूले खरिद गरेको जग्गा व्यक्तिगत हो यसमा नगरपालिकाले लगानी गर्दा भविष्यमा व्यक्तिगत भएको भन्दै समस्या आउन सक्ने हुनाले हामीले हतारमा लगानी गर्न चाहेका छैनौँ’, उनले भने।

तर नगरपालिकाको नीति अनुसार नै श्रमिकहरूले व्यक्तिगत रूपमा जग्गा खरिद गरेपछि मात्र भिलेज सञ्चालनका लागि सहयोग गर्ने भन्दै नगरपालिकाले सम्झौता गरेको थियो।

००० अटो भिलेज सञ्चालनका लागि श्रमिकहरूले खरिद गरेको जग्गा र बनाएको भवन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.