खेत जोत्ने क्रममा करेन्ट लागेर एकजनाको मुत्यु
बुटवल : खेत जोत्ने क्रममा बिजुलीको अडाएको तारबाट करेन्ट लाग्दा आइतबार एकजना युवकको मृत्यु भएको छ। नौवहिनी गाउँपालिका–६ छम प्यूठान निवासी २८ वर्षीय सन्तोष परियारको मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल विजुवार लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिए ।
मृतक परियार केही समयअघि वैदेशिक रोजगारीबाट फर्किएका थिए । उनी फोप्लीको लुप्लुङबाट बसाइँसरेर नौबहिनी–६ स्थित छममा गएका हुन्।
प्रतिक्रिया दिनुहोस !