दोहोरो अंकले घट्यो सेयर

दोहोरो अंकले घट्यो सेयर

काठमाडौं : वर्षभरि लगानीको जोखिम मोलेका लगानीकर्ताका लागि मौद्रिक नीति अझ बढी पेचिलो बनेको छ। बुधबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ।

मौद्रिक नीतिले केही गर्न खोजे पनि लगानीकर्ताको विश्वास जित्न नसकेको अर्थविद् प्राडा.गोविन्द पोखरेलले बताए। ‘पुँजी बजार यसरी घट्नु भनेको सरकारप्रति आम लगानीकर्ताको विश्वास घट्नु हो’, उनले भने ‘सरकारको नीति तथा कार्यक्रम एवं गतिविधिले लगानीकर्तालाई निराश बनाएको छ।’

राष्ट्र बैंकले तरलता समस्या समाधानको विषयमा गरेको व्यवस्थाले सेयर बजार उकालो लाग्ने आशा गरिएको थियो। बिहीबार १३.६६ अंकले सेयर बजार ओरालो लागेर ११ सय ९१  विन्दुमा झरेको छ। एक दशमलव १३ प्रतिशतले घटेको सेयर बजारमा बिहीबार ४५ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ। बिहीबारको बजारबाट बजार पुँजीकरण एक दशमलव १२ प्रतिशतले घटेर १४ खर्ब ११ अर्बमा खुम्चिएको छ।

लगानीकर्ताले सेयर धितो ऋणको सीमा ४० प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्‍याउन माग गरेका थिए। मौद्रिक नीतिले यसलाई अझ घटाएर २५ प्रतिशतमा सीमित गरेपछि आम लगानीकर्ताको मनोबल घटेको हो। सयेर बजार घट्नुको अर्को कारण मार्जिन प्रकृतिको कर्जामा सुरक्षणका लागि राखिएको सेयर मूल्यको २० प्रतिशतसम्म घटेको अवस्थासम्म मार्जिन कल गर्न बाध्य नहुने मौद्रिक नीतिले गरेको व्यवस्थाले पनि बजार घटेको हो।

उत्पादन तथा प्रशोधनमूलक क्षेत्रबाहेक सबै क्षेत्रको नेप्से परिसूचक ओरालो लागेको छ। हिमालयन डिस्टिलरीको सेयर मूल्य १२ रुपैयाँले बढेपछि उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव १३ प्रतिशत बढेको हो। लघुवित्त समूहको परिसूचक दुई दशमलव २२ प्रतिशत र होटलको दुई दशमलव शून्य ८ प्रतिशत, बिमाको एक दशमलव ७६ प्रतिशत, जलविद्युत्को एक दशमलव ४९ प्रतिशत घटेको छ।

विकास बैंक समूहको परिसूचक एक दशमलव ३३ प्रतिशत, बैंकिङको एक दशमलव शून्य १ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव ६४ प्रतिशत, व्यापार समूहको शून्य दशमलव ४३ प्रतिशत र ‘अन्य’ समूहको शून्य दशमलव शून्य ७ प्रतिशतले घटेको हो। कञ्चन डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै ८.५१ प्रतिशतले कमाएका छन् भने नागवेली लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ६.७० प्रतिशतले गुमाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.